fbpx

‘उद्योग वाणिज्य महासंघमा साना व्यवसायीहरुको प्रतिनिधित्व बढाउने गरी काम गर्छु’:- अध्यक्ष चन्द्रप्रसाद ढकाल

author

समाचारपाटी

१ year अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गर्नुभएको छ । 
आईतवार टेकुस्थित महासंघको केन्द्रिय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गर्नुभएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा रहनुभएका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष हुनुभएको हो । ढकालले गत बिहीवार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । ढकालले गत बिहीवार नै पद तथा गोपनियताको शपथ लिनु भएपनि आईतवार मात्रै अध्यक्षको पदबहाली गर्नुभएको हो । अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको बताउनु भयो ।

उहाँले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताउनु भयो । अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमान्दारिताकासाथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्नसक्ने बताउनु भयो । उहाँले कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताउनु भयो । उहाँले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरु सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रबीच साझेदारी गर्यो भने मात्रै व्यवसायिक गतिविधिहरु बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाल सरकार र दातृनियकासँग समन्वय गरी मुलुक भित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ । अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु । उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन सकिँदैन तबसम्म व्यवसायिक गतिविधिहरु बढ्न सक्दैनन् । त्यसैले सरोकारवाल पक्षहरु सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने तयारी छ । सरकार र नीजी क्षेत्रबीच साझेदारी गर्यो भने मात्रै व्यवसायिक गतिविधिहरु बढ्छ । सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासंघको अध्यक्षको हैसियतले पहल गर्नेछु । नेपालमा प्रत्येक वर्ष ५ लाख जनशक्ति बाहिर आइरहेको छ । त्यो जनशक्ति मध्ये धेरै वैदेशिक रोजगारीको लागि जाने गरेको छ । नेपालमा धेरै जनशक्तिको खाँचो छ तर नेपालमा दक्ष जनशक्ति तयार हुन सकेको छैन । वैदेशिक रोजगारीमा जाँदा पनि अर्धजनशक्तिका रुपमा वैदेशिक रोजगारीमा जाने गरेको छ । महासंघले नेपालमा बस्ने र बाहिर जाने जनशक्तिलाई लगानीकर्ता तथा सरकारसँग सहकार्य गरेर दक्ष बनाउनेछु । निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोण छ । त्यो दृष्टिकोण परिवर्तन गर्नेछु । मैले पहिलो दिन उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिदैँगर्दा के लागेको छ भन्दा म एउटा गाउँबाट आएको सानो व्यवसायी,व्यवसाय नै नभएको शुन्य व्यवसाय भएको व्यक्ति पनि नेपालभरका व्यवसायीहरुको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनसक्ने रहेछ भन्ने लागेको छ । जसले इमान्दारीताका साथ नागरिकको पक्षमा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसाय बनाउन सक्यो भने स्वभाविक रुपमा सानो व्यवसायले पनि महासंघको नेतृत्व लिनसक्छ भन्ने म आफैँ उदाहरण छु । कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने लागको छ । तर म सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्नेछु ।’

त्यस्तै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ दिएर अगाडि बढ्ने प्रविद्धता जनाउनु भयो । गोल्छाले अध्यक्ष ढकालले महासंघको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोग बनेर सहयोग गर्ने बताउनु भयो । उहाँले अनुभवी र सानो व्यवसायबाट ठूलो व्यवसायीक समूहमा पुगेको अनुभवले महासंघलाई नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले महासंघका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताउनु भयो । उहाँले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने पनि बताउनु भयो ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन