बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः चन्द्रप्रसाद ढकाल

author

समाचारपाटी

४ महिना अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुमा जम्मा भएको प्रिमियम रकम विकास निर्माणमा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय बीमा कम्पनीहरुले बीमा प्रिमियममार्फत उठाएरको रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्धति खातामा ४ प्रतिशत ब्याजमा राख्ने गरेको बताउनु भयो । उहाँले बीमा कम्पनीहरुले बीमा प्रिमियमबाट उठेको रकम बैंकको मुद्धती निक्षेपमा राख्न नहुने बताउनु भयो । उहाँले बिमा प्राधिकरणले बीमा कम्पनीहरुले पूर्वाधार निर्माणमा केही प्रतिशत रकम अनिवार्य लगानी गर्ने सकुर्लर जारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बीमा कम्पनीहरुले बैंकको मुद्धति निक्षेपमा रकम राख्ने भन्दा पनि पूर्वाधार निर्माण,पर्यटन,जलविद्युत,उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राधिकरणले बीमा कम्पनीका सञ्चालक र कार्यकारी प्रमुखलाई पारदर्शी बनाएर बीमा क्षेत्रको माइक्रोम्यानेजमेण्ट गर्न आवश्यक नभएको बताउनु भयो । उहाँले बीमा कम्पनीले संकलन गर्ने रकम विकास निर्माणमा लगानी गरे मुलुकको अर्थतन्त्रका ठूलो योगदान गर्नसक्ने बताउनु भयो । उहाँले पूर्वाधार निर्माण,आर्थिक गतिविधि,रोजगारी सिर्जना राजश्व बढाउने काम गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ निर्जिवन तथा जीवन बिमाको फण्ड बीमा कम्पनीहरुले ३ देखि ४ प्रतिशतमा बैंक तथा वित्तीय संस्थाहरुमा मुद्धति निक्षेपमा राखेका छन् । पहिला ठिकै थियो । तर अहिले ब्याजदर घटेको छ । म आग्रह गर्दछु । नेपालमा पूर्वाधार निर्माण,पर्यटन,जलविद्युत,उत्पादनका क्षेत्रमा केही प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने सर्कुलर गर्नुपर्छ । त्यसले बीमा कम्पनीमा प्रिमियम मार्फत संकलन भएको रकम छ त्यो मुद्धति निक्षेपको रुपमा बैंकमा जानु हुँँदैन । बीमा कम्पनीका सञ्चालक र कार्यकारी प्रमुखलाई पारदर्शि बनाउनुपर्छ । बीमा प्राधिकरण माइक्रोम्यानेजमेण्ट गर्नुहुन्छ । बीमा कम्पनीलाई पारदर्शी बनाउनुस् । बीमा कम्पनी पारदर्शी भए नियमनकारी निकायले हेर्नु भन्दा राम्रो काम गर्छन् । बीमाले मुलुकको अर्थतन्त्रका ठूलो योगदान गर्नसक्छ । पूर्वाधार निर्माण,आर्थिक गतिविधि,रोजगारी सिर्जना राजश्व बढाउने काम गर्नसक्छ ।’


उहाँले सर्वसाधरणले बीमामा प्रिमियम बढी भएको गुनासो गरेको बताउनु भयो । उहाँले बीमा गर्दा प्रिमियम बढी तिर्ने तर बीमा गरेबापत लिनुपर्ने वास्तविक रकम दिन गाह्रो रहेकाले सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने