काठमाडौं । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले वृद्धि भएर प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि वृद्धि भएकाे छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो । बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।