fbpx

इफाप्का नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउने कडी हुनुपर्छः अध्यक्ष रवि सिंह

author

समाचारपाटी

१ हप्ता अगाडि

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघ (इफाप्का)को मञ्च प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौं आयोजित इफाप्काका अध्यक्षसहितका प्रतिनिधिसँगको भेटपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले इफाप्काको आउँदो कन्फ्रेन्सबाट नेपालको पहिचान अन्तर्राष्ट्रिय रुपमा बढाउन सकिने बताउनुभएको हो । उहाँले इफाप्काको सहयोग नेपालले महासंघका अन्य सदस्य राष्ट्रहरुबाट सहयोग लिन र आफूसँग भएको सहयोग दिने कडीको रुपमा स्थापित हुनसक्ने विश्वास लिनुभयो । 

उहाँले भन्नुभयो, ‘एशियाली तथा पश्चिमी प्रशान्त ठेकेदार संघहरूको अन्तर्राष्ट्रिय महासंघबाट हामीले लिनसक्ने फाइदा भनेको अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पहिचान बढाउने र नेपालमा भएका समस्याहरुलाई संसारभरी पु¥याउनका लागि पनि यस महासंघको माध्यमबाट सम्भव हुन्छ । यसबाट हामीले इफाकाका सदस्य राष्ट्रलाई हामीले के कुराहरु दिनसक्छौं र अन्य मुलुकबाट हामीले के के कुरा लिनसक्छौं भनेर यो एउटा कडी हुनसक्छ र हुनुपर्छ भन्ने धारणाअनुसार हामी अगाडि बढीरहेका छौं । र त्यही कडीलाई सार्थक बनाउनको लागि इफाका सम्मेलनमात्र गरेर सदस्य राष्ट्रहरुको सम्बन्ध सुधार गर्ने काममा मात्र सिमित नराखिकन एकअर्कालाई आर्थिक रुपमा प्रभावित पार्ने र विकास निर्माणलाई प्रभावकारी बढाउनको लागि हामीले इफाकाको मञ्चलाई प्रयोग गर्नुपर्छ ।’

सिंगापुरमा हुने इफाप्काको कन्फ्रेन्सको लागि निम्ता दिन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरु नेपाल आउनुभएको छ ।

—न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन