‘संघीय संसदले बजेट पास गर्छ’ यसो हेर्दाखेरी बजेट संघीय संसदले पास गर्छ’:-गणेशप्रसाद तिमिल्सिना

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ । 

बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संघीय संसदले बजेट पास गर्ने भएपनि संसदमै बजेट कम भएर आवश्यक कार्यक्रमहरु गर्न नसकिएको भन्दै उहाँले आवश्यक बजेट दिनुपर्ने बताउनु भयो । उहाँले संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन उहाँले आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘संघीय संसदले बजेट पास गर्छ । यसो हेर्दाखेरी बजेट संघीय संसदले पास गर्छ । अनि संघीय संसदमै बजेट कम भएर सप्ताहव्यापी कार्यक्रम पनि खुम्च्याउनुपर्छ । अध्यक्षले पनि यो भन्छ, अझ बिडम्बना त यहाँ हुन्छ । त्यसकारण यसका प्रक्रियागत हिसावले जब हामी शक्ति पृथकिरणको सिद्धान्तलाई आत्मसात् गरेर नै यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेका छौँ । त्यसमा विधि निर्माण गर्ने, बजेट पास गर्ने यो थलोको बजेट कुनै एउटा मन्त्रालयले तोकेर विभाग र शाखाको जस्तो बनाउनु हुन्न भन्ने कुरालाई ध्यान त दिनुपर्यो नि । यस हिसाबले आजसम्म जे भयो, भयो भोलिका दिनहरुमा संघीय संसदको बजेट संघीय संसदबाट हामीले प्रक्रियाले व्यवस्थापन र सञ्चालन समितिमा बसेर विभिन्न हाम्रा शाखा, महाशाखाहरुको समस्यालाई हेरेर बजेट गरेर त्यो पनि अस्वभाविक होइन । देशको अर्थतन्त्र हेरेर । तर संसदको अधिवेशनहरु, यसका समितिहरुलाई त चलाउनुपर्यो नि । विधेयकहरुलाई पास गरेर कानुन निर्माण गर्नुपर्यो । त्यसको न्युनतम लाग्ने खर्चहरुको व्यवस्थापनका लागि जे हामी प्रश्ताव गरेका हुन्छौँ, त्यो प्रश्तावमा संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर पठाउने होइन । संघीय संसदले प्रस्ताव गरे अनुसारको पास गर्नुपर्छ । त्यति गर्यो भने यि सबै समस्याहरु, धेरै गुनासाहरु सुन्नुपर्ने स्थितिमा हुँदैन ।’

अध्यक्ष तिमिल्सिनाले संघीय संसदले अस्वभाविक रुपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसदको अधिवेशन र समितिहरु चलाउनका लागि भने आवश्यक बजेट नघटाइ दिनुपर्ने बताउनु भयो ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन