जलवायु परिवर्तनसम्बन्धी मुद्दाका लागि संघीय संसदका सांसदहरुको संयुक्त फोरम बनाउन सांसदहरुको जोड

author

समाचारपाटी

२ हप्ता अगाडि

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य र प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जलवायु परिवर्तनको विषयमा संघीय संसदका दुवै सदनका सांसदहरु सम्मिलित फोरम बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

हालैमात्र शाक्य अन्तरव्यवस्थापिका संघ (आइपियु) को दिगो विकास स्थायी एशिया—प्रशान्त क्षेत्रबाट विजयी हुनुभएको छ भने गौतम पनि १५० औं अन्तरसंसदीय संघ (इन्टर पार्लियामेन्ट्री युनियन आईपीयू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित हुनुभएको छ । मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिनुभएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै दुवै सांसदहरुले जलवायु परिवर्तनका लागि संयुक्त फोरम निर्माण गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य शाक्यले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि पनि राष्ट्रिय सभा र प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु समेत अट्ने गरी संयुक्त समिति बनाउनुपर्नेमा जोड दिनुभयो । देश निर्माणका लागि बजेट निर्माण सम्बन्धी संयुक्त कमिटी बनाउनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय फोरमहरुसँग सम्बन्धित विभिन्न समितिमा नेपालको उपस्थिति कमजोर रहेको भन्दै अब नेपालले सहभागिता बढाउने गरी अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । त्यसको लागि आन्तरिक तयारीलाई पनि त्यत्तिकै जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले अब ३ वटा कमिटी बनाउनुपर्छ की जस्तो लागेको छ । संयुक्त रुपमा प्रतिनिधि सभा, राष्ट्रिय सभामा । संयुक्त कमिटी जस्तो बजेट निर्माणमा । देश निर्माणमा कसरी हामी अघि बढ्न सकिन्छ रु भन्दा सबै सांसदहरुको स्वामित्व रहने गरीकन । अर्को भनेको क्लाइमेट चेन्जमा पनि आवश्यक रहेको छ । जसमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका साथै प्रदेश सभाका सांसदहरु पनि कसरी अटाउन सकिन्छ भन्नेकुरा हो । हाम्रो इन्टरनेशन रिजलेशनमा हामीले पनि अब ध्यान दिनुपर्ने आवश्यकता महशुस भएको छ । जस्तो सस्टेनेबल डेभलपमेण्टमा छ, सेक्युरिटमा छ । हेल्थमा छ । यसमा नेपालको सहभागिता अलि कम भएको देखिएको छ । यसका लागि हामीले आन्तरिक तयारी गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु सहभागी संयुक्त फोरम बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । जलवायु परिवर्तनका मुद्दाहरु राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास लगायतका समितिहरुमा छलफल हुने गरेको भएपनि संसदमा पनि छुट्टै कमिटी बनाउन जरुरी देखिएको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको मुद्दा नेपालका लागि महत्वपूर्ण विषय रहेकाले फोरम बनाएर अघि बढ्दा कतिपय समस्या समाधान हुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुखज्युले त्यहाँको महासभालाई सम्बोधन गर्ने क्रममा पनि क्लाइमेट इस्युमा बढी महत्व दिएर विषय राख्नुभयो । हामी संसारभरका जुनसुकै फोरममा जाँदा पनि क्लाइमेट इस्युलाई बढी महत्व दिएर कुरा गरेका छौँ । अबदेखि सम्माननीयज्युसँग पनि मेरो अनुरोध छ । हामीले क्लाइमेटका लागि छुट्टै अन्तर्राष्ट्रिय फोरमहरुमा जहाँ पनि गएर क्लाइमेटका विषयहरु हामी गर्छौं । तर हामीले हाम्रै पाल्र्यामेण्टमा ट्याक्कै डेडिकेटेड कमिटी छैन । आफ्नै समितिमा दिगो विकासमा केही कुरा गरिरहेका हुन्छौँ । राष्ट्रिय सभामा कुनै समितिमा केही कुरा गरेको होला । उर्जामा, वनमा भइरहेको होला । धेरै ठाउँमा छुट्टाछुट्टै तवरले भइरहेको छ । तर क्लाइमेट नेपालको महत्वपूर्ण विषय र सेन्टरमा भएको विषय भएकाले कसरी निर्माण गर्ने हो, तर राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुको एउटा चासो भएका सांसदहरुको एउटा फोरम बनाउँदा उपयुक्त हुन्छ । त्यसले गर्दा कहाँ के भइरहेको छ रु कहाँ भाग लिइरहेका छौँ, त्यो पनि संसदलाई जानकारी हुन्छ ।’

सांसदहरुले आइपियुमा भाग लिन हरेक ६ महिनामा जानुपर्ने भएकाले नयाँ टिमलाई भाग लिइसकेका सांसदहरुले जानकारी गराउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’