फेकोफन पोखरा १९ को अध्यक्षमा डोलराजअधिकारी

author

समाचारपाटी

१ year अगाडि

पोखरा। वन समुहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ पोखरा १९ को सम्पन्न भेलाले डोलराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ । सो समितिको उपाध्यक्ष पिताम्वर पौडेल, सचिव कविता आचार्य, कोषाध्यक्ष दुर्गा लम्साल आचार्य र सदस्यहरुमा गंगाबहादुर केसी, प्रोणराज बास्तोला,शिव पौडेल,मैया सुनार,सूर्यकला अधिकारी,मुकुन्द गौतम र भगवती बास्तोला रहनु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले भेलाको उद्घाटन गर्दै वन क्षेत्रलाई उत्पादनसंग जोड्नुको विकल्प नभएको बताउनुभयो । जंगलको विस्तारसंगै बाँदर लगायतका बन्यजन्तुले कृषकलाई गाउँमा वस्नै नसक्ने स्थिती सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डाँडाको टुप्पोबाट रुखमा चढेको बाँदर भुईमा नझरि रुखैरुख घरको छानोमा आउने गरि जंगलको विकास हुँदा स्थानीय वासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै वडा अध्यक्ष पाण्डेले भन्नुभयो, 'वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्ने अपरिहार्य भएको छ ।'' वन क्षेत्र जोगाउने गरि हाँगा काट्ने व्यवस्था गर्नुपर्नेमा जोड दिंदै उहाँले थप्नुभयो कानूनी प्रकृया मिलाएर मात्र वन व्यवस्थापन गर्नु स्थानीय वासिन्दालाई आग्रह गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले दाउरालाई काठमा परिणत गर्ने खालको प्रविधि भित्र्याउन सम्वन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो ।

मुलुकको वन क्षेत्रमा मुल्यवान काठ कुहिएर खेर जाने र विदेशी काठ, आलमुनियम, युपिभिसी जस्ता वस्तु आयात हुँदा बार्षिक खरवौ रुपैया विदेशीने अवस्थाको अन्त्य गर्दै हरित रोजगार सिर्जना गर्न गर्नका लागि सातै प्रदेशमा कम्पोजिट प्लाण्ट स्थापना गर्नुपर्नेमा उहाँको जोड थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सरकारी तवरबाट समुहले कहा गल्ती गर्दछन् भनेर चियाउनु भन्दा उपभोक्तालाई अधिकारका सम्वन्धमा सचेत गराउनेतर्पm लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । वन ऐन, विधेयक तथा कार्ययोजनाका आधारमा वनमा व्यवस्थापन गर्नु समुह सचेत हुनु पर्नेमा जोड दिंदै उहाँले सानो कमजोरीमा उपभोक्तालाई दुःख नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

महासंघ अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वन महासंघ गण्डकी प्रदेश सदस्य जित बहादुर बस्नेत, महानगर महासंघ उपाध्यक्ष भरतराज आचार्य, जमुना सुवेदी लगाएतले वनको महत्व र उपयोगका बारेमा चर्चा गर्नुभएको थियो । भेलामा बाँदर आतंकको अन्त्य हुनुपर्ने, वन पैदावार सहजरुपमा उपयोग गर्ने नितीको खाँचो, वनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिनुपर्नेमा सहभागिको जोड थियो । वडाका २१ वटा सामुदायिक वन समुहका ६० जना उपभोक्ताको सहभागिता रहेको थियो ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन