fbpx

क्यानडामा रोजगारीको अवसर भनी राखिएको विज्ञापनको भरमा बाबु छोरा परे ठगिमा

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका छन्

सामाजिक सञ्जाल मार्फत जोडिएको गिरोहले बाबुछोरालाई नै क्यानडा पठाइदिने भन्दै ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको हो l
ठगिएको थाहा पाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । मोरङ प्रहरीले ठगी गर्ने गिरोहका एक भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको छ ।यो समूहले भिसा लाग्यो भन्दै विभिन्न व्यक्तिहरुको बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारत जोगबनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय पक्राउ परेका छन् ।डीएसपी जोशीका अनुसार भारतीय नागरिक यादव ठगीका मुख्य योजनाकार हुन् ।

पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर क्यानडा, युरोप, अमेरिका, कुबेत, दुबईलगायत देश पठाउने भन्दै रकम असुलेर सम्पर्कविहीन हुने गरेको पाइएको डीएसपी जोशीले बताए ।

उनका अनुसार सामाजिक सञ्जाल मार्फत जोडिएका व्यक्तिलाई विदेशी नम्बरको ह्वाटसप नम्बरबाट सम्पर्क गरी उनीहरुले ठगी गर्दै आएका थिए ।

मुख्य योजनाकार भारतीय नागरिक यादवले नै पैसाको प्रलोभन देखाएर नेपाली युवाहरुलाई ई–सेवा, खल्तीजस्ता ‘डिजिटल वालेट’ तथा बैंक खाताहरु खोल्न लगाउने र त्यसको एक्सेस आफूले लिने गरेका थिए । गिरोहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन