fbpx

फेशन रनवेमा शो स्टपरको रुपमा भाग लिन मलाइका नेपालमा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । बलिउड अभिनेत्री, फेशन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेशन रनवेमा शो स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आउनुभएकाे हाे ।

मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुग्नुभएकाे थियाे । जहाँ उहाँले संक्षिप्त मिडिया वार्तालाप समेत गर्नुभयाे ।

मलाइकालाई उहाँको नेपाल आगमन, योजना र फेशनबारे पत्रकारहरूले केही प्रश्न राखेका थिए । जवाफमा मलाइकाले आफूलाई नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै निम्तोका लागि धन्यवाद समेत दिनुभयाे । यसअघि पनि नेपाल आउनुभएकाे उहाँले यसपटकको बसाइमा नेपालबारे थप बुझ्ने इच्छा रहेको बताउनुभयाे ।

यसपटकको नेपाल बसाइ छोटो हुने तर अधिकांश समय उक्त इभेन्टमा बताउने मलाइकाको भनाइ छ । ‘छोटो हुनेछ बसाइ तर मेरो अधिकांश समय यहीं बित्नेछ,’ उहाँले भन्नुभयाे, ‘नेपाल बसाइमा यहाँको फेशन, संस्कृति, फिल्म, संगीतबारे धेरै कुरा बुझ्ने प्रयास गर्नेछु ।’

रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको भन्दै मलाइकाले नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताउनुभयाे । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो । बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेशन रनवेमा मलाइका शो स्टपर हुनेछ भने नेपाली मोडलहरुले र्‍याम्प नाप्नेछन् । तीन दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने जनाइएको छ ।

source:-onlinekhabar


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन