fbpx

भक्तपुरका किसान रोपाईंको चटारोमा

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं I असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईंमा ब्यस्त हुन थालेका छन् । 
काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईंमा यतिबेला किसानहरु ब्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न ब्यस्त छन् ।

उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाईंमा ब्यस्त भएको बताउँछन् । सामान्यतया असार १५ बबाट रोपाईं शुरु हुने भएपनि असारको पहिलो सातादेखि नै किसानहरु रोपाईंको चटारोमा छन् । विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाईं शुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भएपनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाईं भइसकेको किसानहरु बताउँछन् ।

सिंचाई अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने अवस्थामा यसवर्ष आकाशे पानीले नै असार शुुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाईंमा लागेका हुन् । आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरु यस वर्ष धान रोपाईं छिटो भएपछि खुशीमा भएका छन् ।

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाईंमा जुटेको उनीहरुको भनाइ छ । रोपाईंमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानह डराएका छन् । धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने उनीहरुको भनाइ छ ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो