fbpx

‘केरा काट्न भनेर घरबाट हिंडेको बारीमा केरा छैन। घरपरिवारले पैसा खोइ भन्छन्’:-किसान

author

समाचारपाटी

२ दिन अगाडि

चितवन  हावाहुरीले केराको बोटमात्रै ढालेन, यही केरा बेचेर परिवार पाल्ने किसानका सपना पनि ढलेका छन्। जेठ १७ गतेदेखि तीन दिनसम्म आएको हावाहुरीले बिक्रीका लागि तयारी भएको केरा काट्न बारीमा पुग्दा पूर्वी चितवनका कृषक माधव घिमिरेको भक्कानो फुट्यो। अघिल्लो दिन बारीबाट फर्कंदा सकुशल रहेका केरा बिहान पुग्दा सबै बोट ढलेका थिए। फल लागेका केरासँगै अर्को वर्ष उत्पादन दिने साना बोट पनि नष्ट भएका छन्।

‘केरा काट्न भनेर घरबाट हिंडेको बारीमा केरा छैन। घरपरिवारले पैसा खोइ भन्छन्,’ उहाँले भन्नुभयाे, ‘केरा त ढल्यो ढल्यो, हाम्रो परिवारको सपना पनि ढलेको छ।’

पूर्वी चितवनमा हावाहुरीले ९० प्रतिशत केरा नष्ट गरेको छ। फल लागेका केराको बोट बारीमा ढलेर सोत्तर छ। हावाहुरी आउनुअघि तयारी अवस्थाका केराले बजार पाएनन्। भारतबाट आयात केराका कारण नेपाली केरा बारीमै थियो। बजार जान नपाएका केरा बारीमै ढलेर नोक्सान भएपछि किसान मारमा परेका छन्। बेच्न तयार अवस्थाको केरा ढलेपछि खैरहनीको बडावाका किसान बुद्धिराज चौधरी निराश छन्। बारीको एक दुई बोटबाहेक सबै ढलेका छन्। उहाँको आशा बिमा हो। तर गत वर्षको भुक्तानी पनि नपाएको कारण ढुक्क हुन सक्नुभएकाे छैनन्। ‘बारीको एउटा पनि बाँकी नराखी हावाहुरीले बोट ढालेर सखाप बनाएको छ। जग्गा भाडा तिर्ने पैसा पनि भएन। ढलेका केरा पन्छाउन पनि खर्च लाग्छ। रुनमात्रै सकेका छैनौं’, बुद्धिराजले भन्नुभयाे, ‘आस भनेको बिमा हो। तर पोहोरकै बिमाको पैसा पाएको छैन। यसपटक फेरि केरा सखाप भयो। सरकारले के गर्छ त्यही आशा हो।’ उहाँले ३५ बिघामा केराखेती गर्नुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन