काठमाडौं। सुदूरपश्चिम प्रदेशले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनायो।
सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४२ रन बनाए भने ब्राण्डन म्याकमुलेनले ३४ र कप्तान दीपेन्द्र सिंह ऐरीले २० रनको योगदान दिए।
बलिङतर्फ पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले २ विकेट लिए।
अब, पोखरा एभेन्जर्सले जितका लागि १५४ रनको चुनौती सामना गर्नुपर्नेछ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेटपोखरा एभेन्जर्ससुदूरपश्चिम प्रदेश