fbpx

दीपा झाको एकल गीति संग्रह ‘झिलमिल’ सितारा”लोकार्पण

author

समाचारपाटी

१ year अगाडि

लामो समयपछि चर्चित गायिका दीपा झा एकल गीति संग्रह मार्फत एकपटक पुन नेपाली सागीतिक दुनियामा कमब्याक हुनुभएकाे छ । मुम्बईको ब्यस्त जिवनबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ''झिलमिल सितारा''को बिहिबार लोकार्पण गरिएको हो । 'होटेल याक एण्ड यतिमा म्युजिक नेपाल द्वारा आयोजित एक कार्यक्रम बीच बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा ,गीतकार एसपी कोइराला ,संगीतकार आलोकश्री ,म्युजिक नेपालका अध्ययक्ष सन्तोष शर्मा र गायिका दीपा झाले सयुक्त रुपमा गीति एल्बम सार्वजनिक गर्नुभयाे । प्रतिष्ठित संगीतकार आलोकश्री द्वारा संगीतबद्ध गीति एल्बममा ८ वटा गीतहरु समाबेश गरिएको छ ।

एसपी कोइराला,मुकुन्दराज शर्मा ,आलोकश्री ,तिर्थ श्रेष्ठ ,नारायण खतिवडा ,टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको एल्बम ''झिलमिल सितारा''मा दीपाले दुईवटा गीतमा श्रीमान उदितनारायण र एउटा गीतमा छोरा आदित्यनारायण संग युगल स्वर दिनुभएकाे छ।

कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा,बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा,गीतकार एसपी कोइरालाले नेपाली सागीतिक छेत्रको विकासमा झा परिवारको योगदानको चर्चा गर्नु भएको थियो । साथै कार्यक्रममा एल्बममा समाबेश गीत 'हे माया'को भिडियो समेत प्रदर्शन गरिएको थियो । आलोकश्रीकै शब्द ,सगीत र भिडियो निर्देशन समेत रहेको म्युजिक भिडियोमा सुरज गराज र अस्मिता पन्तको अभिनय रहेको छ।

''झिलमिल सितारा''का सम्पूर्ण गीतहरुलाई म्युजिक नेपालको युट्युब च्यानल ,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरु मार्फत सुन्न सकिन्छ ।

कार्यक्रममा म्युजिक नेपालका अध् सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुस्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गर्नु भएको थियो।

https://www.youtube.com/watch?v=RsZRiARHvts


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन