फागुन ९ गते दशरथ रंगशालामा भारतका चर्चित कलाकारकाे ‘नेभरल्याण्ड कन्सर्ट’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने भएका छन् । फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिनेछन् ।

शुक्रबार होटल मेरियडमा एक कार्यक्रमबीच आयोजक आइ लाइभ नेपालले कार्यक्रमको बिभिन्न पक्षबारे जानकारी दिएकाे हाे ।कार्यक्रममा आइ लाइभ नेपालका प्रवक्ता रबिन्द्र कार्कीले ‘नेभरल्याण्ड कन्सर्ट’ संगीतिक प्रेमीका लागि अकल्पनिय होस् र छुट्टै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको बताउनुभयाे ।

‘सांगीतिक प्रर्यटन बढाउने उदेश्यले पनि कार्यक्रम आयोजना हुन लागेको हो’, कार्कीले भन्नुभयाे ‘नेपालमा सांगीतिक पर्यटनको बिकास तथा सांगीतिक उद्योग अगाडि बढाउन कोसेढुङ्गा साबित होस् भन्ने अपेक्ष कन्सटको छ ।’ ‘नेभरल्याण्ड कन्सर्ट’ नेपाली समाजमा नयाँ र प्रभावकारी कन्सट हुने अपेक्षा आफुले लिएको कार्कीले सुनाउनुभयाे ।

‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरी नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीका सिक्किमका र्यापर युएण्डबी क्बल प्लाटिनममा प्रस्तुत हुनेछन् ।

ग्ल्याबो लोसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ आयोजकका अनुसार कार्यक्रममा भब्य र सब्य हुनेछ । जसको सुरक्षाका लागि ३०० बाउन्सर खटिनेछन् । ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिनेछ ।

कार्यक्रममा प्रस्तुत हुन लागेका किङ भारतीय र्यापर, गीत लेखक तथा गायक हुनुहुन्छ । पछिल्लो समय युवा–पुस्तामाझ निकै लोकप्रिय उहाँको नयाँ नजरिया, मान मेरी जान निकै हिट छन् । स्टेज नाम डिभाइन भनेर चिनिने भिभियन विल्सन फर्नान्डेज पनि भारतीय र्यापर हुनुहुन्छ ।

त्यस्तै आस्था गिल भारतीय गाायिका हुनुहुन्छ । उहाँको पानी पानी, कमरिया, अभि तो पार्टी सुरु हुई हे लगायतका गीत निकै चर्चित छन् । उहाँले गीत ‘ये मेरा बम्बे’ चर्चा पाउन थालेका थिए । उहाँको ‘मेरे गली मे’ गीत पनि निकै चर्चित छ ।

श्रुष्टि तवाड पनि मे नहीँ तो कौन बेबाट चर्चामा आएकी भारतीय गायिका हुनुहुन्छ । ‘नेभरल्याण्ड कन्सर्ट’का लागि स्टेज तथा म्युजिक सिस्टम आयोजकले भारतबाट मगाएको छ ।

कार्यक्रममा समय उदास, बिनय गौतम, शुदिक्षा अधिकारी, पंकज सिंह, पूजा धामी, शिर्षक महतलगायले कार्यक्रमको बारेमा आआफ्नो धारणा राखेका थिए ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...