fbpx

खिमलाल देवकोटाको मागः नक्कली भूटानी शरणार्थी प्रकरण छानबिन समिति बन्नुपर्छ

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । 

सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप ? रहेको भनि उहाँले प्रश्न समेत गर्नुभयो । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै  सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउन उपयुक्त तर्क समेत गर्नुभयो । संसद जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाई थियो । 

उहाँले भन्नुभयो, ‘सत्तापक्ष र विपक्ष दलकाबीच सुन तस्करी सम्बन्धि उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने जुन सहमति भएको छ । एयरपोर्टजस्तो संवेदनशील स्थानबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुुनु राष्ट्रिय, अन्तर्राष्ट्रिय लज्जाको विषय थियो, छ । तर यो भन्दा पनि लज्जाको विषय नक्कली भूटानी शरणार्थी सम्बन्धि विषय हो । तर यसमा दलहरु किन बोल्दैनन्, किन चुपचाप छन् ? यसको पनि छानबिन समिति बनाइयोस् । बहालवाला वा निवृत्त न्यायाधीश वा अन्य कुनै नागरिकको संयोजकत्वमा संसद भन्दा बाहिरको व्यक्ति राखेर बनाइएको छानविन समिति भन्दा सार्वभौमसत्ता सम्पन्न संसदको समिति बनाउँदा बढी विश्वासयोग्य हुन्छ, भरोसा योग्य हुन्छ भन्ने मेरो धारणा हो । यसमा दलहरुले ध्यान दिनुपर्यो ।’
सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गर्नुभयो ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन