मध्य भारतमा पटाका उत्पादन गर्ने एकाइमा भएको बिस्फोटमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मध्य प्रदेश राज्यको हरदा जिल्लामा रहेको एकाइमा भएको बिस्फोटमा कुल ९० जना घाइते भएका प्रहरी अधिकारीले बताएका छन् । कम्तीमा २५ जना गम्भीर घाइते भएका छन् । आगलागीले नजिकैका घरहरू जलाएको र करिव सय घरमा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ ।सिन्ह्वा