लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकारहरु ओझेलमा पर्दै गएकोप्रति विज्ञहरुको चिन्ता

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं ।  कानून व्यवसायीहरुले लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकारहरु ओझेलमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । 


मंंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा विज्ञहरुले यसबारे चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले लैङ्गिक तथा यौनिक अल्पसंख्यकका सवालहरु ओझेलमा पर्दै गएको बताए । उनीहरुले भूटानी शरणार्थीको केसमा पनि मानव तस्करीसम्बन्धी कानून निकै आवश्यकता परिसकेको पाएको बताए । विज्ञहरुले लैङ्गिकता, अपाङ्गता, सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेर प्रोटोकल अनुसारको कानून बनाउन आवश्यक भएको बताए । कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनकी अधिवक्ता विमला खड्काले पछिल्लो समय लैङ्गिक तथा यौनिक अल्पसंख्यकका सवालहरु ओझेल गर्दै गएको भन्दै श्रम र रोजगारको अधिकारकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीको सवालमा पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरु पछि परेको बताउनु भयो । पीडितले प्रभावकारी ढंगले न्याय पाउने अवस्थाका लागि पीडितका लागि थप कानून व्यवसायी उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यकका सवालहरु जहाँ पनि ओझेल पर्दै गएका छन् । हामीले श्रम र रोजगारको अधिकारका कुरा गर्दा पनि त्यहाँ पनि उनीहरु ओझेलमा परेका छन् । साथै वैदेशिक रोजगारीको सवालमा पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरु पछि परेका छन् । सरकारी वकीलहरुको कार्यबोझ कम गर्ने र पीडितले प्रभावकारी ढंगले न्याय पाउने अवस्थाका लागि हामीले सरकारी वकीलसँगै पीडितको लागि थप कानून व्यवसायी उपलब्ध गराउन आवश्यक छ । यसका लागि समन्वय गर्न आवश्यक छ ।’

कार्यक्रममा महिला कानून र विकास मञ्चका निर्देशक सविन श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा मानव तस्करीसम्बन्धी कानून आवश्यकता परिसकेको बताउनु भयो । उहाँले प्रोटाकल अनुसारको कानून बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले प्रोटोकल अनुसारको कानून बनाउँदा लैङ्गिकता, अपाङ्गता, सामाजिक समावेशीकरणलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले तत्कालका लागि हामीसँग छुट्टै मानव तस्करसम्बन्धी ऐन बनाउने समय छैन । बनाउने हो भने त अध्यादेश ल्याएर पनि सकिन्छ । अहिले त संसद चलिरहेको छ । अहिले भूटानी शरणार्थीको केसमा पनि मानव तस्करीसम्बन्धी कानून निकै आवश्यकता परिसकेको देखिएको छ । प्रोटोकल अनुसारको कानूनहरु हामीले बनाउनु पर्छ । प्रोटोकल अनुसारको कानून बनाउँदा लैङ्गिकता, अपाङ्गता, सामाजिक समावेशीकरणलाई मानव बेचबिखन भन्ने बित्तिकै यौन शोषण भन्ने बुझिन्छ ।’


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन