fbpx

प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञको जोड

author

समाचारपाटी

३ हप्ता अगाडि

प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा शनिवार भएको आज फ्रेन्ड अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विज्ञहरुले प्रविधिको सही प्रयोग गर्न जोड दिएका हुन् । कार्यक्रममा आइटी विज्ञ वशन्त वनले पछिल्लो समय प्रविधि विकास तिब्र गतिमा भइरहेको बताउँदै सोही अनुसार प्रयोग गरी अघि बढ्न चुनौती रहेको बताउनु भयो । उहाँले प्रविधिअनुसार आफूलाई समयानुकुल अपग्रेड गर्दै जान नसके मुलुकको विकास नै धेरै पछाडी पर्ने खतरा रहेको बताउनु भयो । उहाँले नेपाल दुई विशाल मुलुकको बीचमा रहेको बताउँदै आइटी, स्मार्ट टेक्नोलोजिलाई अङ्घिकार गरेरअघि बढ्नुपर्नेमा जोड दिनुभयो । मुलुकको आवश्यकताअनुसार अघि बढ्नका लागि रुपान्तरणको ठूलो खाँचो समेत रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो–‘मुलुकको आवश्यकता अनुसार अघि बढ्नका लागि हामीमा रुपान्तरणको ठूलो खाँचो छ । रुपन्तरण नभई जब हामी तानतान गछौँ, कुनैपनि विषयलाई पक्षपोषणका हिसावले, कतातिर जोडिएका छौं भनेर केन्द्रमा राखेर हेर्न थालियो भने जहिले पनि उस्ताको उस्तै रहन्छौं । त्यसैले अबको आवश्यकता एकदमै फरक छ । खुला रुपमा छलफल गरेर अघि बढ्नुपर्छ ।’


पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधारको विकास नभई आर्थिक विकास नहुने बताउन भुयो । उहाँकाअनुसार यातायात, सिंचाई, सुचना प्रविधि, शहरी विकास, जस्ता क्षेत्रहरुलाई राम्रोसँग अघि बढाउन सके यिनिहरुले भविष्यमा राम्रो प्रतिफल दिन सक्नेछन् । 
उहाँले भन्नुभयो – ‘पूर्वाधारको विकास नभई आर्थिक विकास हुँदैन । आर्थिक विकास नभई सामाजिक विकास  हुँदैन । सामाजिक विकासमा धेरै एनजीओ, आइएजीओ, सरकार लागेको देखिन्छ ।’


अर्का विज्ञ डा. सुदन ओलीले विदेशमा गएका नागरिकको सन्दर्भमा रोजगारी सिर्जना गर्न नसकेपनि स्वदेशमा भएकाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । चीनले गरिरहेको विकास, गरिबि न्यूनिकरण र प्रविधिको विकासलाई नेपालले समेत सिक्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार रोजगारी सिर्जना निजी क्षेत्रबाटै हुने हो । निजी क्षेत्रमैत्री वातावरणका लागि सरकारले अहिले थ्रुपै कानून ल्याएको बताउँदै त्यो सकारात्मक रहेको छ । 
उहाँले भन्नुभयो–‘कम्तिमा यहाँ (नेपालमा) बस्ने मान्छेलाई रोजगारीको सिर्जना गरौँ । सबै विदेश गएका छैनन् ।’ 


संस्थाका अध्यक्ष सोभित उप्रेतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्का विज्ञ डा. केशव बस्यालले सधैँ गुनासो गरेर बसिरहने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हाम्रो फाइनाशियल ग्याप छ, दुई महत्वपूर्ण पार्टनर भारत–चीन छन । यी दुई देशलाई हामीले चाहेर पनि छुट्टाउन सक्दैनौं । किनभने हाम्रो इमिडेट बेनिफिट लिने भनेको यि दुई देशबाटै हो ।’उहाँले भारत–चीनबाट नेपालले धेरै फाइदा लिनसक्ने बताउनुभयो ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन