fbpx

पूर्वसभामुखको राजकीय सम्मानका साथ आर्यघाटमा गरियो अन्त्येष्टि

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा १७ तोपको सलामी अर्पण गरेको थियो। ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरू निमेष र निशेषले दागबत्ती दिएका थिए।

कलेजोसम्बन्धी समस्याका कारण पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत ८३ वर्षीय ढुङ्गानाको हिजो निधन भएको थियो। उहाँको पार्थिव शरीरलाई आज बिहान ज्ञानेश्वरस्थित सानो गौचरनमा राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।

श्रद्धाञ्जलीका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, विभिन्न मन्त्री, सांसद, राजनीतिक दलका नेता, तथा सर्वसाधारणहरू आर्यघाट पुगेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली कार्यक्रममा बोल्दै ढुङ्गानालाई नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान बनाएका बहुआयामिक व्यक्तित्वको रूपमा स्मरण गरे। कांग्रेस सभापति देउवाले ढुङ्गानाको योगदानले "सरकार बहुमतको र संसद् विपक्षीको" परिकल्पना स्थापित गरेको बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढुङ्गानालाई लोकतान्त्रिक व्यक्तित्वका रूपमा सम्मान गरिएको उल्लेख गरे।

नेपाल सरकारले ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानव अधिकारको पक्षमा जीवनभर वकालत गर्नुभएका ढुङ्गानाले माओवादी सशस्त्र द्वन्द्व अन्त्य र शान्ति बहालीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन