fbpx

भूपू सैनिकको समस्या ६ महिनाभित्र सल्टाउन गेसोको माग

author

समाचारपाटी

६ महिना अगाडि

पोखरा । भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खा सैनिकको माग चाँडै सल्टाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु माग राखेको छ। ६ महिनाभित्र माग पूरा नभए थप दबाबमूलक कार्यक्रम गर्ने गेसोले जनाएको छ। शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले अबको ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको समान सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीसामु माग राखेको जानकारी दिएको हो। गेसोका प्रतिनिधिले गत बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।

गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले राज्यले गरेको गल्ती सच्याउन आफूहरू लागि परेको बताउनुभयाे। राज्यले खडा गरेको समस्यालाई समाधान गर्न सरोकारवालाले नजरअन्दाज गरेको हुनाले आफूहरू नै लाग्नु परेको उहाँको भनाइ छ। ‘सात समुद्र पारीको शासकसँग लड्न सजिलो थिएन। कानून हाम्रो थिएन, भाषा हाम्रो थिएन। तैँ पनि हामी लड्यौँ,’ उहाँले भन्नुभयाे, ‘दयाको भिख मागेको होइनौँ। रगत र पसिनाको मूल्य खोजेका हौँ।’

आफूहरूको लगाइँ ब्रिटिश सरह पेन्सनका लागि मात्रै नदाँज्न उहाँको आग्रह छ। ब्रिटिशले नेपालका गाउँगाउँबाट लगेर बेपत्ता पारिएका पीतापुर्खाको हिसाबकिताब गर्नुपर्ने उहाँको माग छ। नेपालीलाई २०० वर्षदेखि युद्धमा प्रयोग गरेको हरेक हिसाब खोज्ने उहाँले दाबी गर्नुभयाे।

गेसोका कानूनी सल्लाहकार डाक्टर गोपाल शिवाकोटी ‘चिन्तन’ले गोर्खा भर्तीबारे नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताउनुभयाे। बामपन्थी राजनीतिक दलले गोर्खा भर्ती खारेज गर्नुपर्ने माग राख्दै आए पनि अहिलेसम्म समस्या सुल्झिन नसकेको उहाँले बताउनुभयाे। ‘गोर्खा भर्ती बन्द गर्नुपर्ने माग राख्ने सबै राजनीतिक दल सत्तामा पुगे। यो भर्ती प्रथा कहिलेसम्म चल्ने तरु’ उहाँको प्रश्न छ।

अझैँ पनि तटस्थ नहुने हो भने ढिलोचाँडो नेपालको हालत अहिलेको युक्रेनको जस्तै हुने उहाँले बताउनुभयाे। साथै, अहिलेसमम रहस्यमय बनाइएको सुगौली सन्धी सार्वजनिक हुनुपर्नेमा गेसोले जोड दिँदै आएको छ। त्रिपक्षीय सम्झौता सार्वजनिक नगरे कानूनी लडाइँमा जाने गेसोले तयारी गरिररहेको उहाँले बताउनुभयाे।

गेसो सभापति कृष्णकुमार राईले वार्ताको नाममा वार्ता मात्रै भइरहेको भन्दै दुखेसो पोख्नुभयाे। अबको बाटो ठोस अजेन्डा बोकेर अघि जानुपर्ने उहाँले बताउनुभयाे। ‘अबको वार्ता हामी सबै गोर्खाको प्रतिनिधित्व गर्ने संस्थासहितको हुनुपर्छ। अब वार्ताको लागि वार्ता मात्रै होइन, वार कि पार गर्ने हिसाबले जानुपर्छ,’ उहाँले भन्नुभयाे, ‘गत २५ गते हामीले प्रधानमन्त्री ज्यूलाई ज्ञापन पत्र पनि बुझाएका छौँ। उहाँ पनि सकारात्मक हुनुहुन्छ। यसपटक हामी अलि आशावादी छौँ।’अब हुने वार्ता साँच्चिकै अन्तिम हुने उहाँले जनाउनुभयाे। परराष्ट्र सचिवको तयारीमा दुई देशीय वार्ता गर्ने उहाँले सुनाउनुभयाे।

गेसोले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बेलायती सेनामा भर्ती हुने नेपाली नागरिकले ब्रिटिश सरह सेवा सुविधा पाउनुपर्ने, लडाइँमा मृत्यु हुनेको हकमा परिवारको सदस्यको लागि क्षतिपुर्ति र परिपुरणको व्यवस्था, समान पेन्सनका हकमा बेलायती उच्च अदालतले गरेको फैसलाबमोजिम व्याखाको कार्यान्वयन, विभिन्न कारण अवकाश दिइएका सैनिकलाई एकमुष्ट पेन्सन, गोर्खा सैनिकका विधवालाई बेलायती सैनिकका विधवासरह पेन्सन, नेपालमा रहेका गोर्खा सैनिकलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अनुसारको स्वास्थ्य सेवा लगायतको माग उल्लेख छ।


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२४.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन