fbpx

पोखराको एभरेस्ट एफएमले मनायो दोश्रो वार्षिकोत्सव

author

समाचारपाटी

२ years अगाडि


मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने
पोखरा । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले मानव सेवा आश्रम पोखरा–२५ हेमजाका लागि एउटा कोठा निर्माण गरिदिने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो ।

आश्रम प्राङ्गणमै आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँच लाख रकम मध्ये पहिलो किस्ता स्वरुप १ लाँख रुपैयाँ शनिबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गर्नुभएकाे हाे ।

यसअघि एफएम सञ्चालन शुभारम्भको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाँख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले गत वर्ष खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।

यसैबीच, एफएमले दोश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ । कार्यक्रममा एफएमका प्राविधिक प्रमुख पञ्चसुबा गुरुङ (दीलु) बेष्ट स्टाफ अफ दी ईयर घोषित हुनुभयाे । उहाँलाई नगद रकम १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

अध्यक्ष कर्मकुमारी गुरुङ, प्रमोटर दीपक कार्की, प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठ, टेक्निकल डाइरेक्टर रविभुषण पराजुली, समाचार प्रमुख सन्देश श्रेष्ठ, जुना थापा लगायतले नगद रु १५ हजार ६ सय ७५ सहित दोसल्ला, ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरेका थिए ।

एभरेस्ट एफ एम “आवाज बिहिनका आवाज” मुलमन्त्रका साथ एभरेस्ट मिडिया हाउस प्रा.लि.द्वारा पोखराबाट प्रसारण हुने एक ब्यवसायिक प्रसारण संस्था हो । एभरेस्ट मिडिया हाउसले एम.एम.संगै एभरेस्ट आवाज डटकम नामक अनलाइन न्यूज पोर्टल पनि संचालनमा गर्दै आएको छ ।

यसैबीच, एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले रेडियोको परोपकारी कामबाट प्रभावित भई मानव सेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गरिदिने घोषणा गर्नुभएकाे छ । उहाँले त्यसका लागि ५ लाँख ५५ हजार ५ सय ५५ प्रदान गर्ने घोषणा गर्नुभएकाे हाे । उक्त रकम केहि दिन भित्रै हस्तान्तरण गर्ने उहाँले बताउनुभयाे ।

पोखरा २५ हेम्जा बाबियातरामा संचालित आश्रमको अहिले भवन निर्माणाधिन अवस्थामा छ । आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीबृद्धिको लागि “मानवताको लागि संगीतिक यात्रा” भन्ने नाराका साथ पोखरामा यहि पुष १२ गते नेपथ्य लाईभ कन्सर्ट हुँदैछ । कन्सर्ट पोखराको नयाँबजार स्थित प्रदशनी केन्द्रमा हुने आश्रमका प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयाे ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर