युरोपेली संघ (इयु) काउन्सिलले ब्रसेल्समा युक्रेन सहायता कोष (युएएफ) को स्थापनालाई अनुमोदन गरेको छ । यसका लागि ५ अर्ब युरो (५.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको छ । यो निर्णय ब्रसेल्समा इयुको विदेश मामिला काउन्सिलमा पुगेको थियो । जहाँ मन्त्रीहरूले युक्रेन र मध्यपूर्वको अवस्थाको लागि इयु समर्थनको बारेमा छलफल गरेका थिए । युएएफले इयुलाई घातक र गैर–घातक सैन्य उपकरण र प्रशिक्षणको प्रावधानमार्फत युक्रेनी सशस्त्र बलहरूको विकसित आवश्यकताहरूलाई थप समर्थन गर्न अनुमति दिनेछ । फेब्रुअरी २०२२ मा रूस–युक्रेन द्वन्द्व शुरु भएदेखि, इयुले युक्रेनलाई १३८ बिलियन युरो सहायता प्रदान गरेको छ । जसमध्ये २८ बिलियन युरो सैन्य सहयोग थियो ।
सिन्ह्वा