fbpx

मेरो संसार आमाको काखदेखि अन्तरिक्षसम्म :- डा. तीर्थबहादुर श्रेष्ठ

author

समाचारपाटी

२ years अगाडि

पोखरा । वैज्ञानिक तथा वातावरणविद् डा. तिर्थबहादुर श्रेष्ठले आफूले संसार भनेको आमाको काखदेखि अन्तरिक्षलाई बुझेको बताउनुभएकाे छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को तेस्रो दिनमा रहेको यो पृथ्वी कसको हो? नामक सत्रमा पत्रकार रमेश भुषालसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएकाे हाे।

पृथ्वी मानिसहरूको मात्रै हो या यहाँ जिवित सबै प्राणी तथा वनस्पतीहरूको हो? भन्ने मुख्य विषयमा केन्द्रित सत्रमा भुषालले श्रेष्ठलाई यो पृथ्वी कसको हो? भनेर पहिलो प्रश्न गर्नुभएकाे थियाे। उमेरका कारण तथ्य थाहा भए पनि तथ्यांक बिर्सने समस्या रहेको भन्दै तथ्यांकको टिपोटसहित मञ्चमा उक्लिएका श्रेष्ठले यो पृथ्वी मेरो हो भन्ने वाक्यबाट उत्तर सुरु गर्नुभएकाे थियाे।

पृथ्वी कसको हो भन्ने प्रश्न जति सरल भए पनि उत्तर निकै जटिल रहेको बताउँदै उहाँले भन्नुभयाे, जब म जन्मे यो संसार मेरो आमाको काख जत्रो थियो। त्यसपछि बामे सर्दै गर्दा कोठा मेरो संसार भयो। त्यसपछि आगन, गाउँ सबै मेरो संसार भयो। बिस्तारै यहाँ म मात्रै रहेनछु, चराचुरुङ्गी,पशुपंक्षि, वनस्पति सबै मेरो संसार रहेछ भन्ने लाग्यो। त्यसपछि बुझ्दै जाँदा, विदेश पुगेर हेर्दा यो पहाड, नदि, समुद्र, सिंगो पृथ्वी मेरो संसार रहेछ भन्ने लाग्यो। अन्तरिक्ष पुगेर आएका साथीहरूसँग कुरा गर्दा अन्तरिक्ष पनि मेरो संसार रहेछ भन्ने थाहा भयो।

सन १९६३ मा काठमाडौंदेखि पोखरा, जुम्ला, हुम्ला, मुस्ताङ लगायतका ठाउँमा हिँडेरै वनस्पतिको अनुसन्धानमा निस्केका श्रेष्ठले त्यो वेला जहाँ गए पनि मानिसहरूले स्वागत गरेको बताउनुभयाे। तर, त्यो समयभन्दा अहिले मानिसहरूको संख्या निकै वृद्धी भएको र पहिलेको जस्तो सद्भाव भने नरहेको पनि उहाँले जिकिर गर्नुभयाे।

नेपालमा मात्र नभएर सिंगो पृथ्वीमा मानिसहरूको संख्यामा भएको वृद्धी चिन्ताजनक रहेको उहाँले बताउनुभयाे। मानिस पृथ्वीमा रहेका लाखौँ प्रजाति मध्ये एउटा प्रजाति हो। अहिले पृथ्वीमा जति चराहरू छन् त्यो चराचुरुंगीको तौलमध्ये ७० प्रतिशत मान्छेले खानको लागि पाल्ने चराहररूको छ। उहाँले भन्नुभयाे, जे मरे पनि मान्छे नै जन्मने। मान्छे नै मान्छे भयो भने संसार चल्छ कि चल्दैन भन्ने यतिवेला गम्भिर प्रश्न आइरहेको छ।

नेपालको सन्दर्भमा पहिले आफूलाई पुग्ने गरी उब्जाउ गर्दै आएकोमा अहिले हरेक पक्षबाट पर निर्भर हुँदै गएको उहाँले जिकिर गर्नुभयाे। ऋहिले गरिरहेको कामहरू दिगो रुपमा कस्तो प्रभाव पार्छ भन्ने मुख्य विषय रहेको उहाँले .बताउनुभयाे। साथै अहिले मानिसहरूले डरलाग्दो रुपमा कार्वउत्सर्जन गरिरहेको र यसले ग्लोबल वार्मिङको थ्रेट बढाएको र छिटै प्रलय हुन सक्नेमा पनि सचेत गराउनुभयाे।

मानिसहरूको पृथ्वी प्रतिको सद्भाव किन घट्दै गइरहेको छ भन्ने प्रश्नमा श्रेष्ठले प्रकृतिसँग नजिक भइरहनुपर्नेमा मानिसहरू झन झन परपर गइरहेका कारण यो अवस्था आएको बताउनुभयाे। परिवर्तन भइरहने कुरा हो। कसैले रोक्न सक्दैन। सँधै त्यसरी नै आयो। सबैभन्दा मख्य कारण मानिसहरू देखासिकिमा धेरै लागे। उहाँले भन्नुभयाे, पोखराको बजारमा पहिले जुत्ता भएका मान्छे हुन्थेनन्, टोपी नभएका पनि हुन्थेन। अहिले सबैको खुट्टामा जुत्ता छ, कसैको टाउकोमा टोपी छैन। यो समयले ल्याएको हो। पहिले मानिसहरू प्रकृतिको नजिक थिए, अहिले टाढा हुँदैछन्। मानिसको संख्या बढेसँगै स्रोत साधन बढाउनुपर्ने थियो त्यो भएन।

मानिसहरूका गतिविधिका कारण अन्य प्राणी तथा वनस्पतीको अस्तित्व नै धरापमा गइरहेको प्रसंगमा बोल्दै निकुञ्जको अवधारणाले मात्र त्यसको क्षतिपूर्ति नहुने उहाँले बताउनुभयाे। निकुञ्ज त्यो प्रजाति, वनस्पती लोप नहोस् भन्नको लागि मात्र हो। तर हामीले रुखलाई प्रकृतिको रुपमा लिएका छैनौँ। त्यो प्रजातिको संरक्षण गर्नको लागि मात्रै निकुञ्ज बनेका छन् त्यो पनि अरुले भनेपछि गर्न थालेको हो। एनले भन्नुभयाे, रुख होइन रुखको प्रकृति प्रकृति हो भन्ने बुझेर मान्छे जानुपर्छ। छहारी, पानीको स्रोत दिने, सास दिने, हुँदा हुँदै बुद्ध बनाउने समेत रुखको प्रकृति हो।

त्यस्तै कुनै एउटा प्राणीको रक्षा गर्नुभन्दा पनि वातावरण तथा पारिस्थितिक प्रणालीमा त्यो वनस्पती, पशुपंक्षिको भूमिका के हो? त्यसको प्रकृति के हो भन्ने कुरा महत्वपूर्ण रहेको र मानिसले त्यसलाई नै केन्द्रमा राखेर संरक्षणका अभियान चलाउनुपर्नेमा उनहाँले जोड दिनुभयाे।

बाघ, हात्ति गैँडा मात्र हैन, जल थल आकाश बायु पाँचवटै तत्व मेरो पनि हो। पानीको सुरक्षा गरौँ भनेको पिउन सक्ने पानी हुनुपर्यो, सास फेवर्न सक्ने हावा, ताप्न सक्ने घाम हुनुपर्यो भनेको हो। उहाँले भन्नुभयाे, जुन सिस्टममा हामी बाँचेका छौँ त्यसको संरक्षण गरौँ, हामी सबैको सहयोगी हो र अरु सबै हाम्रो सहयोगी हुन् भन्ने कुरा बुझ्न जरुरी छ। वातावरणलाई सन्तुलनमा ल्याउन मानिसले आफूहरूलाई प्रकृतिको क्षमताभित्र राख्नुपर्ने र त्यसका लागि आफ्नो परिवेश नबुझी अर्काको परिवेशमा प्रवेश नगर्नु आधारभूत सर्त रहेको पनि उहाँले जनाउनुभयाे। साथै वातावरणले देशको सिमा नदेख्ने भएकाले यो व्यक्ति अथवा एउटा देशले भन्दा पनि ठूलो क्षेत्रिय सहकार्य भएमा पृथ्वी र यहाँका जीव जन्तुको संरक्षण हुने उहाँले बताउनुभयाे।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.०३°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक