‘छिटै वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउँदैछौँ’:- मन्त्री नवलकिशोर साह सुडी

author

समाचारपाटी

१ year अगाडि

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा वनस्पति विभागको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वनस्पति विभिागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउनु रहेको बताउनु भयो । उहाँले जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्ने बताउनु भयो । उहाँले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरु दिनप्रतिदिन संकटमा परिरहेको बताउनु भयो । उहाँले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले राष्ट्रिय वनस्पती उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समेत समय सापेक्ष रुपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रको अमूल्य सम्पदाको रुमपा रहेको वनस्पतिको योगदान हाम्रो दैनिक जीवनयापनदेखि राष्ट्रिय अर्थतन्त्र विकासमा महत्वपूर्ण रहँदै आएको छ । विशेष गरी स्थानीय वनस्पतिहरुको स्थानीय समुन्नति रोजगारी सिर्जनामा पनि उत्तिकै योगदान रहेको छ । मानवीय कारण वा जलवायु परिवर्तन वा अन्य विभिन्न कारणले गर्दा दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरु दिनप्रतिदिन संकटमा परिरहेका छन् । यस्ता बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति छन् । नेपाललाई विश्वमा चिनाउने सबै वनस्पतिय भागहरुलाई समयभित्रै प्रकाशन गर्न आवश्यक श्रोत, साधन र बजेटको व्यवस्था गरी प्रभावकारी ढंगले अघि बढाउन आवश्यक छ । राष्ट्रिय वनस्पती उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समेत समय सापेक्ष रुपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक छ । जडिबुटी खेतीमार्फत स्थानीयको आयमा टेवा दिने काममा लाग्नुपर्छ । जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्छ । वनस्पति विभिागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन र आम जनसमुदायसम्म पुर्याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको र मेरो र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन रहेको छ ।’ 


मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पु¥याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...