वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको जोखिम व्यवस्थापनका लागि नीति, प्राविधिक ज्ञान र कार्यान्वयनका प्रक्रियाहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौंमा विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असरले नेपालीहरुको जीवनमा गहिरो असर पारिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असरले वन,पानी,जैविक विविधता र मानव सबै प्रभावित हुँदा नेपाल जस्ता हिमाली देशहरुमा विपद्को जोखिम बढेको बताउनु भयो । उहाँले जलवायु परिवर्तन न्युनिकरण र दिगो समाधानको लागि क्षेत्रिय सहयोगमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा जलवायु परिवर्तनका असरहरु गम्भिर रुपमा देखापरेको भन्दै हिमाली क्षेत्रमा हिम नदीहरु तिब्र गतिमा पग्लिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असरले जलप्रवाहमा अस्थिरता ल्याउँदै खडेरी र बाढीको जोखिम बढाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनको असरले नेपालीहरुको जीवनमा गहिरो असर पारिरहेको छ । वन,पानी,जैविक विविधता र मानव सबै प्रभावित भएका छन् । नेपाल जस्ता हिमाली देशहरुको यो विषय धेरै महत्वपूर्ण छ । सम्मेलन हामीलाई जलवायु परिवर्तनबाट अनुकुलित हुन सहयोग पुर्याएको छ । जलवायु परिवर्तन न्युनिकरण र दिगो समाधानको लागि क्षेत्रिय सहयोग जोड दिएको छ । नेपालमा जलवायु परिवर्तनका असरहरु गम्भिर रुपमा देखापरेका छन् । हिमाली क्षेत्रमा हिम नदीहरु तिब्रगतिमा पग्लिरहेका छन् । जसले जलप्रवाहमा अस्थिरता ल्याउँदै खडेरी र बाढीको जोखिम बढाएको छ । कृषि उत्पादनमा कमी,मौसमि परिवर्तन र तापक्रम वृद्धि गरी जनजीवनमा प्रत्यक्ष असर परिरहेको छ । वैविक विविधता संकटमा परेको छ । उच्च हिमाली र तराईका जनताले खाद्य सुरक्षा र पानीको अभाव लगायत विपद्को सामाना गरिरहेका छन् ।हामीले जलवायु जोखिम व्यवस्थापनका लागि नीति प्राविधिक ज्ञान र कार्यान्वयनका प्रक्रियाहरुलाई एकिकृत गर्नुपर्ने आवश्यकता छ ।’
उहाँले कृषि उत्पादनमा कमी,मौसमि परिवर्तन र तापक्रम वृद्धि गरी जनजीवनमा प्रत्यक्ष असर परिरहेको भन्दै वैविक विविधता संकटमा परेको बताउनुभयो । उहाँले उच्च हिमाली र तराईका जनताले खाद्य सुरक्षा र पानीको अभाव लगायत विपद्को सामाना गरिरहेको उल्लेख गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल