हक अधिकार सुनिश्चितताका लागि महिला कानूनी रुपमा सचेत हुनु पर्ने सचेतना कार्यक्रम सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

हरिप्रसाद बास्तोला, पाेखरा । हक अधिकार सुनिश्चितताका लागि महिला कानूनी रुपमा सचेत हुनु पर्नेमा एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा १७ आँखा अस्पतालचोकस्थित नारीशक्ति जागरण आमा समुहद्धारा आयोजित नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा कानूनी सचेतना कार्यक्रममा बोल्ने बक्ताहरुले कानूनी अधिकारकावारे स्पष्ट हुनु पर्नेमा वक्ताहरुले जोड दिएका हुन ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष विक्रम गुरुङले कार्यक्रमको उद्घाटन गर्दै महिलाहरु घरयासी लेनदेनका बिषयमा सचेत हुनु पर्नेमा जोड दिंदै महिला सशक्तिकरणका लागि वडाकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रशिक्षक अधिवक्ता निर्मला सुवेदीले महिलाहरु संगठित भएर प्राप्त अधिकारको उपयोग गर्दे थप अधिकारका लागि लड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

संञ्चारकर्मी हरि बास्तोलाले विभेदको अन्त्यका लागि महिलाहरु आर्थिक र शैक्षिकरुपमा सक्षम हुनुको विकल्प नभएको बताउँदै कानूनी सचेतनाले नेतृत्व विकासमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समुहका अध्यक्ष प्यारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शुमकामना आमा समुहका अध्यक्ष कोकिला श्रेष्ठ, समाजसेवी लिलबहादुर जिसी, घारिपाटन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णकला केसी, क्षेमता अभिवृद्धि कार्यक्रम संयोजक सिमा शर्मा, गोमा श्रेष्ठ, उपाध्यध्य राधादेवी पौडेल लम्साल लगायतले नयाँ बर्षको शुभकामना सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

एक दिने उक्त कार्यक्रममा समुहमा आवद्ध ६० जना आमाहरुको सहभागिता रहेको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...