fbpx

अंग्रेजी नयाँ वर्षको अवसरमा काठमाडौंको शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर

author

समाचारपाटी

४ हप्ता अगाडि

अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल अर्थोपेडिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शनिवार काठमाडौंको शान्तिनगरमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध गराउने अस्पतालका निर्देशक डा. कैलाशकुमार भण्डारीले बताउनु भयो । उहाँले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयाग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताउनु भयो । उहाँले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखेपनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले सुकुम्बासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको जानकारी दिनुभयो । सिद्धेश्वर माध्यामिक विद्यालयमा सञ्चालन भइरहेको शिविर आज बिहान ९ बजेदिख दिउँसो २ बजेसम्म हुने बताउनु भयो । 


शिविरमा उल्लेख्य मात्रामा मानिसहरुको उपस्थिति रहेको बताउनु भयो । नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक उर्जा दिन कार्यक्रम राखिएको र महिनामा दुई पटक शिविर सञ्चालन गर्न लागएको जानकारी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन