fbpx

इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा,यातायातमन्त्री नारायणकाजी श्रेष्ठद्वारा परीक्षाको निरीक्षण

author

समाचारपाटी

१ year अगाडि

इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ । 
आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तिर्ण भएका  इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन शुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तिर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागि छन् ।  नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तिर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको बताउनु भयो । उहाँले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताउनु भयो । उहाँले इन्जिनियरको रुपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तिर्ण हुनुपर्ने बताउनु भयो । सदस्यसचिव गिरीले परीक्षामा उतिर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपाल भर इन्जिनियरका रुपमा काम गर्न नपाउने बताउनु भयो । उहाँले विगतमा जसले इन्जिनियरको प्रमाणपत्र पाउनेहरुले पुनः काउन्सिलले लिने परीक्षा दिनु नपर्ने बताउनु भयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गर्नुभएको छ । उहाँले परीक्षा निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिल लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको बताउनु भयो । उहाँले इन्जिनियर बन्नको लागि निष्पक्षता,गुणस्तरियताको ग्यारेण्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताउनु भयो । उहाँले काउन्सिलले लिने इन्जिनियर व्यवसाय गर्न परीक्षा प्रणालीले देशमा हुने निर्माणका कामहरुलाई उन्नत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै,काउन्सिलका अध्यक्ष पदम शाहीले विगतका विश्व विद्यालयको इन्जिनियरिङ उत्तिर्ण भएको प्रमाणपत्रका आधारमा काउन्सिलमा दर्ता भएर काम गर्न पाउने व्यवस्था रहेकाले परीक्षा प्रणाली नभएको बताउनु भयो । उहाँले भर्खरै संशोधन भएको ऐन अनुसार अब मान्यता प्राप्त विश्वविद्यालयबाट पाएको प्रमाणपत्र लिएर काउन्सिलले लिने परीक्षा उत्तिर्ण भएपछि मात्रै इन्जिनियर व्यवसायको रुपमा काम गर्न पाउने भएको बताउनु भयो । उहाँले काउन्सिलले लिने परीक्षाको मुख्य उद्देश्य विश्वविद्यालयहरुलाई गुणस्तरिय शिक्षाको विषयमा सुझाव दिने भएको बताउनु भयो । उहाँले परीक्षा लिँदा इन्जिनियर व्यवसायलाई गुणस्तर र मर्यादित बनाउने गर्ने विश्वास रहेको बताउनु भयो । अध्यक्ष शाहीले पहिलो पटक २ हजार ६ जना इन्जिनियरहरु परीक्षामा सहभागि रहेको बताउनु भयो । काउन्सिलले दुई दिन परीक्षा लिएर तत्कालै परिक्षाको नतिजा प्रकाशित गर्ने उहाँको भनाई छ । उहाँका अनुसार परीक्षा कम्प्युटर प्रविधिमार्फत हुने बताउनु भयो ।

इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरुसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तिर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रुपमा काम गरिरहेका थिए । तर अब इन्जिनियरिङसम्बन्धी कुनैपनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तिर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने