fbpx

इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले अनुपको नेतृत्वमा टुंग्यायो स्ववियु उम्मेद्वार

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो ।

प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा विनायक भुवाँजी, कोषाध्यक्षमा रोहितकुमार शाहलाई उम्मेद्वार बनाउने निर्णय भएको अनेरास्ववियु कास्की जिल्ला सचिव रवि क्षेत्रीले जानकारी दिनुभयाे । प्रत्यक्ष सदस्यमा अमृत बस्नेत, रुपेश पौडेल, अंकित
गैरे, अश्रान्त पहारी, सुशान्त गौतम, पूर्णिमा अछामी, त्रिदेव ढकाल(सुरज)उम्मेद्वार रहनुभएकाे छ । समानुपातिक उम्मेदवार भने टुंगो लाग्न बाँकी छ ।

अध्यक्षका उम्मेद्वार न्यौपानेले इन्जिनियरिङ अध्ययन क्षेत्रका समस्या आफूले प्रत्यक्ष देखेको र त्यसलाई समाधान गर्न स्ववियुमार्फत क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयाे । विगतमा हुन नपाएको निर्वाचन योपटक पनि नभएमा विद्यार्थीका मुद्दा झनै ओझेलमा पर्ने उहाँले बताउनुभयाे । ‘कसले जित्छ–हार्छ भन्ने भन्दा पनि सबै विद्यार्थी संगठन मिलेर कसरी स्ववियु चुनाव गर्ने भन्ने हुनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘योपटक स्ववियु निर्वाचन हुन्छ ।’ इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका लागि २ हजार ४१ जना मतदाता छन् । उक्त क्याम्पसमा २०७३ सालमा निर्वाचन भएको र त्यसपछि हुन नसकेको अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य विकल्प सापकोटाले जानकारी दिनुभयाे । त्यतिबेला अनेरास्ववियुका उम्मेदवार इन्द्र पौडेल सभापतिमा विजयी हुनुभएकाे थियाे ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका देशभरका क्याम्पसमा स्ववियु निर्वाचनका लागि आगामी मंगलबार मनोनयन दर्ता हुँदैछ । यसअघि जनप्रिय बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आविष्कार केसीलाई अध्यक्षको उम्मेद्वार बनाउने सार्वजनिक गरिसकेको छ । अनेरास्ववियुले सोमबार साँझसम्म सबै क्याम्पसमा उम्मेद्वार टुंग्याउने अनेरास्ववियु कास्की सचिव रवि क्षेत्रीले जानकारी दिनुभयाे ।

इन्जिनियरिङ, जनप्रियसहित त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका पोखराको पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस आगामी ५ चैतमा स्ववियु निर्वाचनअन्तर्गत मतदानको कार्यतालिका छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको विन्दुवासिनी संस्कृति विद्यापीठमा भने १० चैतमा निर्वाचन हुने कार्यतालिका छ ।


काठमाडौं

सोमवार, चैत्र १०, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन