fbpx

उर्जा विकास मार्गचित्र पास हुने भएसँगै उर्जा व्यवसायी उत्साहित

author

समाचारपाटी

१ महिना अगाडि

उर्जा विकास मार्गचित्र आगामी मन्त्रीपरिषद्को बैठकबाट पास हुने भएसँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित भएका छन् ।

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा उत्पादकहरुसँगको फ्राइडे फोरम कार्यक्रममा आगामी मन्त्रीपरिषद्को बैठकबाट पास गर्ने बताएसँगै व्यवसायीहरु उत्साहित भएका हुन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले उर्जा विकास मार्गचित्र पास हुने मन्त्री खड्काको प्रतिवद्धतासँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित रहेको बताउनु भयो । उहाँले तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्ने मन्त्री खड्काको प्रतिवद्धताले आफूहरुलाई उत्साहित बनाएको बताउनु भयो । प्रत्येक महिनाको अन्तिम शुक्रवार इप्पानले फ्राइडे फोरम कार्यक्रम सञ्चालन गर्दछ । कार्यक्रममा उर्जासँग सम्बन्धित विषयहरु र प्रविधिको बारेमा छलफल हुने महासचिव खतिवडाले बताउनु भयो ।  

उहाँले भन्नुभयो, ‘इप्पानले विगतका केही समयदेखि नै महिनाको अन्तिम शुक्रवार फ्राइडे फोरम कार्यक्रम राखेर समसामयिक विषयमा र उर्जासँग सम्बन्धित क्षेत्रका विषयमा छलफलको कार्यक्रम चलाउँदै आएका छौँ । आज हामीले सस्टेनेबल डेभलपमेण्ड एण्ड इन्फास्ट्रक्चर इनोभेस भन्ने विषयमा छलफल गरेका छौँ । इन्फास्ट्रक्चरमा नयाँ नयाँ प्रविधि के आइरहेको छ । कसरी आइरहेको छ भन्नेकुरामा फोकस गरेका छौँ । उर्जा विकास मार्गचित्र लगायतका जल्दाबल्दा विषयहरु छन् । त्यो तुरुन्तै अब बस्ने मन्त्रीपरिषद्को बैठकबाट पास हुँदैछ भनेर मन्त्रीज्युले भन्नुभयो । सरकारले निजी क्षेत्रको साथ लिएर नै अघि बढ्नेछ भन्नेकुरा राख्नुभयो । तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्छु भन्नुभएको छ । यसले हामीलाई उत्साहित पनि बनाएको छ । फ्राइडे फोरम निरन्तर चलिरहन्छ । प्रत्येक महिनाको अन्तिम शुक्रवार हुन्छ । यो एकदमै प्रभावकारी भएको छ । नयाँ टेक्नोलोजीको बारेमा जानकारी लिने माध्यम बनेको छ ।’


उहाँले फ्राइडे फोरम कार्यक्रम प्रभावकारी बन्दै गएको र नयाँ प्रविधिको जानकारी लिने माध्यम बनेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन