fbpx

गण्डकीमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने,५ वर्ष नवीकरण नभए गाडी नै जफत

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको छ । यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधन दर्ता भएका छन् ।

वार्षिक नवीकरण नै नगरी सवारी साधन चलाउनेको संख्या बढेपछि यातायात व्यवस्था कार्यालयको टाउको दुखाइ बनेको छ । कार्यालयले अब नवीकरण नगरी चलेका सवारी साधन जफत नै गर्ने भएको छ । सडकमा प्रहरीले चेकजाँच गर्दा लामो समय नवीकरण नै नगरी चलाएको पाएमा गाडीलाई जफत गर्न थालेको छ । यातायात व्यवस्था कार्यालय कास्की (सवारी) का प्रमुख डिल्लीराम रिज्यालका अनुसार बुधबार पोखराबाट यस्तै एउटा सवारी साधन प्रहरी जफत गरेको छ ।

कार्यालयले अबको एक महिनाभित्र अनिवार्य रुपमा वक्यौता कर तिर्न सूचना नै जारी गरेको छ । कर नतिरी रकम बक्यौता राख्ने क्रमलाई रोक्न र कर तिर्न प्रोत्साहन गर्न कार्यालयले जरिवाना छुटको व्यवस्थासमेत गरेको छ । कार्यालयमा दर्ता भएका केही पुराना तथा नयाँ साधन कर, आयकर, रुट इजाजत शुल्क तथा नियमानुसार लाग्ने अन्य शुल्क समयमा नबुझाई वक्यौता राखेको कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिनुभयाे ।

गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको हकमा २०७५र०७६ भन्दाअघिको तिर्नुपर्ने वक्यौता जरिवाना पूरै छुट हुने कार्यालयले जनाएको छ । प्रत्येक वर्षको सवारी साधन कर नतिर्नेको जरिवानाको शुल्क पनि बढ्ने व्यवस्था ऐनमा छ । सवारी साधनको म्याद सकिएको ९० दिनभित्र नवीकरण गर्न जाँदा जरिवाना लाग्दैन । तर, ९० दिन कटेको ३० दिनसम्म ५, ४५ दिनसम्म १० प्रतिशत र त्योभन्दा पछि २० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

एक आर्थिक वर्ष नै नवीकरण मिति गुज्रियो भने ४० प्रतिशत, अर्को वर्ष पनि कट्यो भने ६० प्रतिशत हुँदै १०० प्रतिशतसम्म बढी जरिवाना शुल्क तिर्नुपर्छ । ५ वर्षसम्म कर नतिरेको सवारी साधनलाई अब प्रहरीले जफत गरेर कार्यालयमा बुझाउने प्रमुख रिज्यालले बताउनुभयाे । कार्यालयले दर्ता भएको २० वर्ष अवधि नाघेका सवारी साधनलाई पनि अनिवार्य लागत कट्टा गर्नुपर्ने जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य

यातायात व्यवस्था विभागले गत सालको साउन १ गतेबाटै गण्डकी र बागमतीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो । तर, तयारी नै नगरी विभागले सूचना जारी गरेपछि कार्यालयले नम्बर उपलम्ब गराउन नसकेको प्रमुख रिज्यालले बताउनुभयाे ।

गण्डकी प्रदेशमा अब अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले २०८० मंसिर १० गतेबाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न सूचना जारी गरेको हो । हालसम्म गण्डकीमा जम्मा २५ सय वटा सवारी साधनको इम्बोस्ड नम्बर जडान भएको रिजालले बताउनुभयाे।

उहाँका अनुसार नयाँलाई अनिवार्य गर्ने र पुरानालाई पनि निरन्तरता दिइने छ । अब इम्बोस्ड नम्बर जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध हुने प्रमुख रिज्यालले जानकारी दिनुभयाे ।

अहिले विभागको सर्भरको क्षमताले ५६ देखि ७० वटामात्रै इम्बोस्ड नम्बर जडान गर्न सकिन्छ । विभागले सर्भरको क्षमता बढाइदिने हो भने दिनमै २÷३ सय वटा नम्बर जडान गर्न सकिने रिज्यालको भनाइ छ ।

onlinekhabar


काठमाडौं

मङ्लबार, अशोज २२, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन