काठमाडौं । नायिका एलिजा गौतमले पूर्व गृहमन्त्री तथा रास्वपा पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नपाएको झोकमा जे पनि बोलेको आरोप लगाउनुभएको छ । सामाजिक संजालमा एक भिडियो पोस्ट गर्दै उनले यस्तो आरोप लगाउनुभएको छ ।
ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उहाँले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई तिम्रो सहनशीलता कठै भन्दै व्यङ्ग्य हानेका छन् ।
रवि लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गर्दै केही पत्रकारलाई १२ भाइको उपनाम दिँदै ऋषी धमला देखी, वरिष्ठ पत्रकार तथा सम्पादकहरू पत्रकार दिलभुसन पाठक , ऋषि धमला ,कैलाश सिरोहिया, क्याप्टेन रामेश्वर थापा ,दिल भूषण पाठक, अमित ढकाल लगायत पत्रकारहरूले आफूलाई ज्यादती गरेको बताउनुभएको थियो। यो विषयले अहिले सामाजिक संजाल खलबलिएको छ ।
उक्त भिडियोमा पहिलो रविले धमलाको प्रशंसा गरेको देख्न सकिन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै ऋषि धमला सहित केही पत्रकारहरुलाई नामै तोकेर आरोप लगाएपछि अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।