fbpx

एघारौं पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकन संगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर समेत पाउने भएका छन । दर्शकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाइ #2079PM राखेर भिडियो अप्लोड गर्नुपर्ने छ ।

सवै भन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान गरिन प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागी सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट समेत निर्माण गरेको छ ।

टिकटक माघ ८ गते सांझ ४ बजे सम्म अपलोड गरिसक्नुपर्नेछ । टिमटका सर्वाधिक भ्युज आउने टिकटकलाइै प्रथम पुरस्कार नगद ३० हजार र दोश्रोलाई २० हजार प्रदान गरिने समेत प्रचार प्रसार संयोजकले जानकारी दिनुभयाे ।

पोखरा महोत्सवले टिकटकमा सामाजिक सन्देशमुलक भिडियोहरु अपलोड गराउने र टिकटकबाट मनोरन्जन संगै टिकटक चलाएर पुरस्कार समेत पाइन्छ भन्ने प्रस्ट्याउन पनि प्रतियोगिताको आयोजना गरिएको हो ।

तेश्रो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड वढिरहेको छ भने ब्यापार समेत बढेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाले बताउनुभयाे । महोत्सवमा विशेष गरी जाडो यामका सामाग्रीको बिक्री वितरण र घरायसी सामाग्रीहरुको बिक्री वढेको बानियाले जानकारी दिनुभयाे ।

महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहेको थियो भने । सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए ।

महोत्सवमा शनिवार लोकदोहोरी तर्फ प्रकाश सपुत, जीवन दाहाल, शिवहरि ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, बसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुती रहने छ ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...