fbpx

एघारौँ पोखरा महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको निःशुल्क बसको ब्यवस्था

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे ।

महोत्सव प्रवेश टिकटपछि दर्शकले निशुल्क रुपमा बस सेवाको उपलब्ध गराउने र चिडियाखाना पुगेपछि भने दर्शकले टिकट काट्नुपर्नेछ । चिडियाखाना अवलोकनको लागि विद्यार्थीलाई १५ र सर्वसाधारणका लागि २५ रुपैया टिकट लाग्ने समेत प्रचार प्रसार संयोजक सुनारले बताउनुभयाे ।

युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी थाल्दै आएको र एघारौं संस्करणको पोखरा महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणको कार्य तीब्र गतिमा वढिरहेको छ ।

चिडियाखाना अवलोकनमा जाने दर्शकहरुले निलगाइ, हुचिल, इजिप्सियन भल्चर, मृग, बांदर लगायतका जीवजन्तुहरुको अवलोकन गर्न पाउनेछन । महोत्सवको दोश्रो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिनुभयाे ।

महोत्सवमा बिहीबार दर्शकहरुलाइ लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारी लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिएभने हास्य ब्यङ्ग्य तर्फ कमेडियन जादुगर दिपक थापा मगरले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । सांझको कन्सर्ट तथा लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती बाट युवाहरुले मनोरन्जन लिनुभएकाे थियाे ।

महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, बैशाख ४, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन