fbpx

सी जी डिजिटलको २२ औं इलेक्ट्रोनिक मल्टिब्राण्ड शोरुम पोखरामा खुल्यो

author

समाचारपाटी

२ years अगाडि

पोखरा । प्रतिष्ठित व्यवसायीक समूह चौधरी ग्रुपको सी जी डिजिटल को २२औं शाखा पोखरामा खुलेको छ । सो समूहले आईतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ तथा भब्य मल्टिब्रान्ड शोरुम सी जी डिजिटल को २२औँ शाखाअर्चलबोट चोकमा शुरु गरेको हो ।

उक्त शाखाको प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङग तथा कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयाे ।

सी जी डिजिटलको शोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन र क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु उपलव्ध छन् । एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन लगायतका सामाग्रीहरु रहेका छन् ।

कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष प्रधानाङगले पोखराको पूरानो बजारमा बजार बिस्तारको चरण चलिरहेको बेलामा सी जी कम्पनी आउनुले व्यवसायीक फड्को मारेको बताउनुभयाे । पूराना मठ तथा मन्दिर, विन्दवासिनी मन्दिर लगायत कला र सँस्कृतिले भरिएको क्षेत्रमा व्यवसायीक चहलपहल बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।

सो अवसरमा प्रधानाङ्गले धार्मिक, सामाजिक, सांस्कृत रुपले महत्व बोकेको क्षेत्रमा आएकोमा बधाई दिदैं सामाजिक उत्तरदाीत्वका क्षेत्रमा कम्पनीले सहयोगको हात बढाउने विश्वास व्यक्त गरे । उनले वडाको तर्फबाट गर्न सकिने सहयोग गर्नका लागि प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले पोखराको स्थानीय बजारमा आफ्ना गुणस्तरिय समानहरुको शोरुम तथा सुपथ मूल्यमा बिक्रि वितरणका लागि आफुहरु आएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ग्राहकले अन्तराष्ट्रिय स्तरको सेवा पाउनु हुन्छ । उहाँहरुलाई सही सहजिकरण पनि हुने उद्देश्यले शोरुम संचालन गरिएको बताउनुभयाे ।

सी जी का नुडल्सतर्फ सेल्सलाई हेर्ने सुनिल कुमार सुवेदी तथा पोखरा शाखाका शोरुम म्यानेजर सुमन घिसिङले सम्पूर्ण विद्युतीय सामानहरु, होम एप्लाईन्सेस देखि उच्च मूल्यका सामान रहेको बताउनुभयाे । १९, २० हजार रुपैयाँ देखि १० लाखसम्म मूल्यका टिभि रहेको जानकारी दिनुभयाे ।

आईतबारबाट औपचारिक रुपमा शुरु भएको शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७:३० बजेसम्म खुल्ला हुनेछ । सी जी प्लाजा को पहिलो तलामा शोेरुम आकर्षक ढंगले सजाईएको छ । शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था रहेको बताईएको छ । पाँचवटा किस्ताबन्दिको सुविधा र आकर्षक फ्री गिफ्टहरु रहेका छन् । कम्पनीले सी जी डिजिटल शोरुम पोखराकै ठूलो र भब्य भएको दाबि गरेको छ ।

सी जी डिजिटलले नेपालको केन्द्रीय राजधानी काठमाडौं लगायत बिराटनगर, इटहरी, हेटौडा र भरतपुरमा पनि शाखा संचालन गरिसकेको जानकारी दिएको छ । पोखरामा खुलेसंगै कम्पनीका शाखाहरुको संख्या २२ पुगेको छ । कम्पनीले आगामी दिनहरुमा देशका अन्य स्थानमा पनि आफ्ना शाखाहरु बिस्तारको लक्ष्य लिएको जानकारी दिएको छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...