विद्युतीय पार्श्वचित्रका लागि तथ्याङ्क सङ्कलन गर्दै पोखरा महानगरपालिका

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा महानगरपालिकाले विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ । समग्र महानगरपालिकाको वस्तुगत अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । यस क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।

यस्तो प्रकारको तथ्याङ्क सङ्कलनले महानगरलाई आगामी योजनाहरू निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । तथ्याङ्क सङ्कलन गर्न छनौट भएका सर्वेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । “समग्रमा महानगरको अवस्था के हो भन्ने विषयलाई विद्युतीय अभिलेखीकरण गर्न जरुरी छ, प्रमुख आचार्यले भन्नुभयो, यस्तो अभिलेखले महानगरका योजनाहरू निर्माण गर्दा त्यसको आवश्यकता र प्राथमिकता निर्धारणमा महत्त्वपूर्ण सहयोग पुग्छ ।” उहाँका अनुसार सर्वेक्षकहरूले महानगरवासीका घरघरमा पुगेर यथार्थ विवरण सङ्कलन गर्नेछन् ।

नगरवासीहरूको प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङक्को पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र त्यसलाई करको दायरामा ल्याउँदै प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्ने उहाँले बताउनुभयो ।

महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन