fbpx

एल–निनो बाढीका कारण केन्यामा मृत्यु हुनेको संख्या ७० पुग्यो

author

समाचारपाटी

११ महिना अगाडि

केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले बाढीका कारण मृत्यु हुनेको संख्या बढेसँगै क्षति कम गर्नको लागि र बिस्थापित मानिसहरुको व्यवस्थापनका लागि सरकारले अतिरिक्त रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । जारी एल–निनो वर्षासँग जोडिएको भीषण बाढीबाट नागरिक बचाउन सेना परिचालन गरिएको बताउनु भयो । 

देशैभर परेको अविरल वर्षाका कारण ३६ हजार १ सय ६० घरधुरी बिस्थापित भएको रुटोले बताउनु भयो । वर्षाका कारण देशमा आपत्कालीन अवस्था सिर्जना भएको उहाँको भनाइ छ । विशेष गरी उत्तरी केन्यामा सडकहरू ध्वस्त भएका छन् । 

केन्या मौसम विभागको पछिल्लो मौसम पूर्वानुमानअनुसार एल–निनो वर्षा जनवरी २०२४ सम्म बिस्तार हुनसक्छ र शहरी केन्द्रहरू र अर्ध–सुक्खा तराईमा विनाश निम्त्याउने सम्भावना छ । रुटोले सेना सहितको बहु–एजेन्सी प्रतिक्रिया टोलीले बाढी पीडितहरूलाई खाना, सफा पानी, औषधि र अस्थायी आश्रयको एयरलिफ्टिङ शुरु गर्ने बताउनु भयो । बाढी पहिरोमा परेका घरधुरीलाई आपतकालीन सहयोग पुर्याउन पानी, ऊर्जा, सडक, स्वास्थ्यलगायत राज्यका विभागहरूलाई सक्रिय पारिएको बताउनु भयो । रुटोले एल–निनो वर्षा आगामी दिनहरूमा झनै तिब्र हुने आशंका गरिएको बताउनु भयो ।  उहाँले पहिरोको जोखिममा रहेका उच्च पहाडी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अपिल गर्दै नदी किनार नजिक बसोवास गर्ने समुदायलाई बाढीबाट जोगाउन बिस्थापित गरिने बताउनु भयो । केन्या, सोमालिया र इथियोपियामा एल–निनोको प्रभाव छ । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, अशोज २४, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन