fbpx

गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा एकता रचनावाचन सम्पन्न

author

समाचारपाटी

२ years अगाडि


जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजनमा गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा एकता रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । ३०१ औं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा विगतका वर्ष जस्तै मंगलवार बिहान उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै एकता दिवस मूल समारोह समितिका संयोजक शंकर खरालले विगतका वर्षमा जस्तै जनस्तरबाट मूल समारोह आयोजना गरिएको बताउनुभयाे । जनस्तरको आवाजकै कारण सरकारले कटौती गरेको एकता दिवसको विदालाई पुनः शुरु गर्नुलाई प्राप्तिका रुपमा लिन आग्रह गर्नुभयाे । साथै उहाँले रचनावाचनमा सहभागी कवि कलाकारलाई मूल समारोहमा प्रमाणपत्र प्रदान गरिने जानकारी गराउनुभयाे ।

लोकनृत्य कलाकार संघ कास्कीकी सल्लाहकार बबिता गुरुङले हरेक व्यक्तिले आ–आफ्ना ठाउँबाट इतिहासलाई मेटिन नदिनका लागि पहल गर्न आवश्यक रहेको बताउनुभयाे । स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले आकाशतिर फर्केर थुक्दाको छिटा कता जान्छ भन्ने चेतनास्तर नभएका हाम्रा राजनेताका कारण भित्तेपात्रोमा रहेको पुस २७ को विदा झिक्ने र राख्ने शृङ्खलाबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्नुभयाे ।

३०१ औं राष्ट्रिय एकता दिवस मूल समारोहकी प्रचार संयोजक पार्वता पौडेलले पृथ्वीनारायण शाहका दिव्य उपदेशलाई सबैले मनन् गर्न गरे आम नेपालीमा संवृद्धि आउने बताउनुभयाे । कार्यक्रममा गीताञ्जली साहित्य परिवारका पूर्व अध्यक्ष शिवप्रसाद गौतम, समाजसेवी जगन्नाथ कोइराला, एकबहादुर केसी, हरिचन्द्र आचार्यले एकता दिवसका बारे आफ्ना धारणा राख्नुभएकाे थियाे ।

एकता रचनावाचन नाम दिइएको कार्यक्रममा साहित्यकार मदन भण्डारी, अल्पविराम पोखरेली, छविलाल आचार्य, चन्द्रावती वाग्ले, शोभाकान्त गौडेल, बलराम तिमिल्सिना, वसन्त चालिसे, लक्ष्मण पौडेल, रुद्रबहादुर थापा, धर्मराज अल्पायु, नरेन्द्र रानाभाटलगायतले रचना वाचन गर्नुभएकाे थियाे ।

गीताञ्जली साहित्य परिवारका अध्यक्ष रामनाथ अधिकारी संगीले विगतका केही वर्षदेखि विभिन्न संघसंस्थाको सहकार्यमा त्रिदिवसीय एकता दिवस विशेष कार्यक्रम आयोजना हुँदै आएको बताउँदै २७ गतेको मूल समारोहमा सबैलाई सहभागी हुन आह्वानसमेत गर्नुभयाे ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक