‘दलहरुबीचको असमझदारीले शान्ति प्रकृयाले सार्थकता पाउन संक्दैन’:- सासद एकनाथ ढकाल

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौँ । प्रतिनिधी सभा सदस्य एकनाथ ढकालले राष्ट्रियता, अर्थतन्त्र, शान्ति प्रकृया र परराष्ट्र सम्बन्ध लगाएतका बिषयमा सरकारको ध्यान ध्यानाकर्षण गराउनुभएकाे छ । प्रतिनिधी सभाको बैठकमा मङ्गलबारको बैठकमा सांसद ढकालले नेपालको संबिधानको प्रस्तावनामा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्थाको माध्ययमद्वारा दिगो शान्ति, सुशासन, विकास र संमृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरि यो संबिधान जारी भनिएको छ तर यहि संबिधान द्वारा गठित वर्तमान १० दलीय सरकार संविधानको मूल मर्म अनुसार चलेको देखिदैन ।

सांसद ढकालले केपी शर्मा ओलीले सुरुवात गर्नु भएको सुखी नेपाली –संमृद्ध नेपाल महाभियानले सिंगो राष्ट्रमा जागृत गराएको विकास र सम्मृद्धिको नयाँ आशा वर्तमान सरकारले निराशामा परिणत गरेको आरोप लगाउनुभयाे । मुलुकमा राजनैतिक, आर्थिक तथा सास्कृतिक क्षेत्रमा देखापरेको अराजकताले पिडित जनतामा सरकारले अभिभाबकत्व प्रदान गर्नु पर्नेमा उ आफै जनताको लागि सरकार बोझ भएको भन्दै अनुत्पादक र डेलिभरी दिन नसक्ने सरकार जनताले कति बोक्नु ? सांसद ढकालले नेपाल परिवार दलको तर्फबाट पहिलो र दोश्रो संबिधान सभामा सदस्य रही सक्रियरुपमा संबिधान निर्माणमा योगदान गरेको स्मरण गदै संबिधान निर्माण पछि भने हामि निरन्तर नेकपा एमाले संगको सहकार्यमा राष्ट्रिय शक्ति निर्माण गर्न अघि बढेको बताउनुभयाे । २०७४ देखि निरन्तर सुर्य चिन्हमा मतदान गर्नु हुने नेपाल परिवार दलका सम्पूर्ण नेता, कार्यकर्ता तथा मतदातालाइ पनि धन्यवाद दिनुभयाे ।

पूर्वमन्त्री समेत रहेका सांसद ढकालले अस्थिर राजनैतिक नेतृत्वको कारण मुलुकले स्थिरता पाउन सकेको छैन । चुनाब अघि हामि “नो नट अगेन“ भन्छौं, अनि सत्ता स्वार्थको लागि वान्स मोर भन्न पछि पर्दैनौ भन्दै चुनाब अघि उत्पीडित बर्गको आबाज बोक्छौं अनि सत्तारोहण पछि तिनै उत्पीडित समुदायलाई आफ्नो आबाज सुनाउन ११ दिन पैदल हिँडेर काठमाडौं आउनु पर्ने बाध्यता सृजना गरेको बताउँदै किसानको मतवाट निर्बाचित भएर सत्तारोहण गर्छौं अनि तिनै किसानलाई मल उपलब्ध गराउन सरोकार वाला निकाय किन मौन छ भनि प्रश्न गर्नुभयाे । सांसद ढकालले नेपालको शान्ति प्रकृयाले सार्थकता प्राप्त गर्दैन। टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन प्रमुख प्रतिपक्ष पनि सक्दो योगदान गर्न तयार रहेको बताउँदै भाई फुटे गवार लुटे भनेझै देशभित्रको प्रमुख राजनैतिक दलहरुबीचको असमझदारीले शान्ति प्रकृयाले सार्थकता पाउन नसक्ने बताउनुभयाे ।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका सांसद ढकालले अर्थतन्त्र संकटको डिलमा छ, सबै सरोकारवाला जुटेर समाधानको रोडम्याप बनाउनु पर्नेमा सरकार आफ्नो गल्ति ढाकछोप गर्न मात्र तल्लिन रहेको आरोप लगाउनुभयाे । आम्दानीभन्दा खर्च बढी भएपछि सरकारले ऋणबाट काम चलाउन थालेको छ । सासद ढकालले ओली नेतृत्वको सरकारको बेला नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेख समेत समाबेश गरि नया नक्सा जारी गरेको स्मरण गदै त्यसपछि बनेका २ सरकारले जनतालाई के दियो भनि प्रश्न गर्नुभयाे । सासद ढकालले अहिले हाम्रो भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेखमा अहिले कस्तो शाशन छ रु त्यहाको हालखबर के छ ? यी हाम्रा भूमिमा नेपाली झन्डा कहिले फराउदछ ? नक्सामा समेटिएको नेपाली भूमिमा नेपालकै बास्तबिक स्वामित्वमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ले कहिले भारतीय प्रधानमन्त्री संग कुरा गर्दै हुनुहुन्छ ? प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा समाबेश छ कि छैन ? सदनलाई जानकारी गराउन आग्रह गर्नुभयाे ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन