fbpx

(भाेली) बिहीवारबाट शुरु हुने आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौंको भृकुटीमण्डपमा हुने आठौं घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको हो । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेला १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने र मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो । उहाँले मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताउनु भयो । उहाँले क्रेता र बिक्रेताहरुका लागि यो मेला महत्वपूर्ण र लाभदायी हुने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखेर मेला सञ्चालन गरिएको बताउनु भयो । अध्यक्ष धमलाले यस पटकको मेलामा पनि डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको बताउनु भयो । उहाँले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरु रहने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मेला १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । यसको सबै तयारी पूरा भइसकेको छ । १० बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ । घर जग्गा सम्बन्धी सबै जानकारी पाउनु हुनेछ । यसमा सेवामुलक हो, यसमा कुनै टिकटको व्यवस्था छैन । यो क्रेता र बिक्रेताहरुका लागि राम्रो स्थान हो । अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य रहेको छ । घर बेच्नेलाई पनि कहाँ गएर बेच्ने भन्ने समस्या थियो भने किन्नेहरुलाई पनि कहाँ गएर किन्ने भन्ने समस्या थियो । कस्तो प्रविधिको घर किन्दा राम्रो हुन्छ, भन्नेकुराहरु यो घर जग्गा मेलाबाट प्राप्त गर्नसक्छौँ । घर जग्गा मेलाबाट बायर्स र सेलर्स दुवैलाई लाभ हुनेछ । हामीले एक लाखदेखि एक लाख पचास हजारकै हाराहामीमा अवलोकन कर्ता आउने अपेक्षा छ । घर जग्गासँग सम्बन्धित सबै प्रोडक्टहरु मेलामा हुनेछन् । २५ वटा स्टल घरजग्गासँग रिलेटेड छन् भने अरु अरु प्रोडक्ट छन् । बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी सबैकुरा छन् । प्रविधिका जानकारी पनि पाउनुहुन्छ । यो ठाउँमा आएर सबैकुरा बुझ्न सक्नुहुन्छ ।’

अध्यक्ष धमलाले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताउनु भयो । उहाँले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताउनु भयो । 


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन