इजिप्टले सन् २०२४ मा आफ्नो वक्यौता ऋणको ३८.७ बिलियन अमेरिकी डलर भुक्तान गरेको इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बताउनुभएको छ । जसमध्ये ७ अर्ब नोभेम्बर र डिसेम्बरमा भुक्तान गरिएको थियो । उहाँले साप्ताहिक क्याबिनेट बैठकमा यस्तो टिप्पणी गर्नुभएको हो । जसमा मदबौलीले स्वीकार गर्नुभयो की ऋण तिर्न देशको लागि ठूलो चुनौती थियो । तर इजिप्टले आफ्नो वित्तीय दायित्वहरू पूरा गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गरेको बताउनु भयो । प्रधानमन्त्रीले आउँदो वर्षको रकम यस वर्ष भुक्तान गरिएको भन्दा कम हुने स्वीकार गर्नुभयो । इजिप्टको कुल वाह्य ऋण जुन २०२४ मा लगभग १५२.८ बिलियन डलर पुगेको छ । जुन डिसेम्बर २०२३ मा १६८ बिलियन थियो ।
सिन्ह्वा