इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले शनिवार जोर्डनको सुरक्षा र स्थिरतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका आतंकवाद र अतिवादी समूहहरूको सामना गर्न इजिप्टको पूर्ण ऐक्यवद्धता र अटल समर्थन रहेको बताउनुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अल–सिसीले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग फोन वार्ता गर्नुभयो । जसको क्रममा इजिप्टका राष्ट्रपतिले सुरक्षित र स्थिर जीवनको लागि जनताको आकांक्षा पूरा गर्न संयुक्त सहयोगको महत्मा जोड दिनुभयो । राजा अब्दुल्लाह द्वितीयले इजिप्टको समर्थनको लागि प्रशंसा व्यक्त गर्नुभयो । दुई देशहरू बीचको ऐतिहासिक र भ्रातृ सम्बन्धलाई जोड दिनुभयो । दुवैले गाजा र वेस्ट बैंकमा भएका विकासक्रमहरू लगायत अन्य कुराहरूमा पनि छलफल गर्नुभयो ।
सिन्ह्वा