इजिप्टका आन्तरिक मन्त्रालयले सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक व्यवस्था कायम राख्न बुधवारदेखि शुरु हुने इद अल–फित्र मनाउन सुरक्षा उपायहरू मजबुत पारेको घोषणा गरेको छ । योजनाहरूमा प्रमुख क्षेत्रहरूमा सुरक्षा उपस्थिति वृद्धि, ट्राफिक सेवाहरूमा सुधार र चालक सहायताका लागि आपतकालीन सवारीसाधन परिचालन समावेश छ । पार्क, बगैंचा, सिनेमा हल, नील नदी जस्ता सार्वजनिक भेला हुने ठाउँका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
सिन्ह्वा