इजिप्टमा ३४ देशका ८ हजार बढी सेना र पर्यवेक्षकहरुको सहभागितामा बहुराष्ट्रिय सैन्य अभ्यास शुरु भएको छ । सैन्य अभ्यास शुक्रवारबाट शुरु भएको हो । अभ्यास मोहम्मद नागुइब सैन्य आधारको लडाईं प्रशिक्षण क्षेत्र र इजिप्टका अन्य नौसेना र हवाई अड्डामा हुनेछ । संयुक्त सैन्य अभ्यास सेप्टेम्बरसम्म चल्ने बताइएको छ । सहभागी देशका कमाण्डरहरुले तालिममा संलग्न हतियार तथा उपकरणहरुको प्रदर्शनीको निरीक्षण गर्दै विभिन्न देशका सहभागी सेनाको उच्च मनोबलप्रति सन्तुष्ट व्यक्त गरेका छन् । बहुराष्ट्रिय सैन्य अभ्यास १९८० मा इजिप्ट र इजरायलबीच संयुक्त राज्य मध्यस्थता शाीन्त सन्धीको एक भागको रुपमा शुरु भएको थियो । इजिप्टले संयुक्त राज्य अमेरिकाको सहयोगमा प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको छ ।
स्न्ह्विा