इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सब्सिडीयुक्त रोटीको मूल्य २० पिस्टरसम्म बढाउने घोषणा गर्नुभएको छ । नयाँ निर्णय जुन १ देखि लागू हुनेछ । अहिले ५ पिस्टर हुने एउटा रोटीको मूल्य ३० वर्षभन्दा बढी भइसक्दा पनि परिवर्तन नभएको भन्दै उहाँले उत्पादन गर्न सरकारलाई १२५ पिस्टर खर्च लाग्ने बताउनु भयो । मदबोली रोटी सब्सिडी जारी रहने बताउनु भयो । उत्पादन लागतमा भएको उल्लेखनीय वृद्धिलाई प्रतिविम्वित गर्न समायोजन गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारलाई आर्थिक भार कम गर्न र सहुलियतका वस्तुहरू वास्तवमै आवश्यक पर्ने जनतासम्म पुग्नेगरी अनुदान प्रणालीलाई प्रवद्र्धन गर्ने उपायबारे छलफल भएको बताउनु भयो । इजिप्टले ८.५ मिलियन टन गहुँ खपत गर्दछ र प्रति वर्ष १०० अर्ब अनुदानित रोटी उत्पादन गर्दछ ।
सिन्ह्वा