fbpx

इजिप्ट र डेनमार्कद्वारा प्यालेस्टिनीहरूलाई विस्थापित नगरी गाजाको पुनर्निर्माण गर्न आह्वान

author

समाचारपाटी

१ महिना अगाडि

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले मंगलवार डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनसँग फोन वार्ता गर्नुभएको छ । उक्त क्रममा उहाँरूले गाजा पट्टीमा भएका पछिल्ला घटनाक्रम र यसका बासिन्दाहरूलाई विस्थापित नगरी गाजाको पुनर्निर्माणको आवश्यकताबारे छलफल गर्नुभएको हो । दुवै पक्षले युद्धविराम सम्झौताको तीन चरणमा पूर्ण कार्यान्वयन, वन्धक र बन्दीहरूको आदानप्रदान, साथै गाजामा मानवीय सहायतामा तत्काल र निर्बाध पहुँचको महत्वपूर्ण आवश्यकतामा जोड दिनुभयो । सिसी र फ्रेडरिकसेनले गाजालाई फेरि बस्न योग्य बनाउन, यसको प्यालेस्टिनी जनसंख्यालाई विस्थापित नगरी उनीहरूको अधिकार र आफ्नो भूमिमा बस्नसक्ने क्षमताको रक्षा गर्न पुनर्निर्माण शुरु गर्नु अनिवार्य रहेको बताए । वार्ताहरूले पूर्वी जेरुसेलमलाई राजधानी बनाएर १९६७ को सिमानामा स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने महत्वलाई पुनः पुष्टि गरेका छन् । यसलाई स्थायी शान्ति, स्थिरता र इच्छित आर्थिक समृद्धि प्राप्त गर्ने एक मात्र ग्यारेन्टीको रूपमा प्रकाश पारिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको पुनर्विकास गर्ने र यसको जनसंख्यालाई इजिप्ट लगायत छिमेकी देशहरूमा स्थानान्तरण गर्ने सुझाव दिएपछि बढेको चिन्ताको बीचमा यो टिप्पणी आएको हो । विवादास्पद प्रश्तावलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक रूपमा अस्वीकार गरिएको छ । इजिप्टले प्यालेस्टिनीहरूको कुनै पनि जबरजस्ती विस्थापनको विरोध दोहो¥याएको छ । गाजामा १५ महिनाभन्दा बढी समयदेखि चलिरहेको घातक द्वन्द्वपछि इजरायल र हमासले जनवरी १९ देखि इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौता लागू गर्दै आएका छन् । 
सिन्ह्वा


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन