इजिप्टले सबै सिरियाली पक्षहरूलाई एक व्यापक र समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न आह्वान गरेको छ । जुन सहमति र आन्तरिक शान्तिको नयाँ युगको लागि जग हुने इजिप्टको विश्वास छ । इजिप्टको विदेश मन्त्रालयले सबै सिरियाली पक्षहरूलाई देशको सम्पती र राज्य संस्थाहरूको संरक्षण गर्न आह्वान गरेको छ । साथै लक्ष्य र प्राथमिकताहरूलाई एकीकरण गरेर वृहत्तर हितलाई प्राथमिकता दिन आग्रह गरेको छ । इजिप्टले सिरियालाई आफ्ना जनताको लामो दुःखको अन्त्य गर्न, शरणार्थीहरूको फिर्ताको सहजीकरण, पुनर्निर्माण प्रयासहरू प्रारम्भ गर्न र सिरियाली जनताको हकको स्थिरता हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने प्रतिवद्धतालाई जोड दिएको छ । असद परिवारको पाँच दशकभन्दा लामो शासनको अन्त्य गर्दै सशस्त्र विपक्षी सेनाले आईतवार दमस्कसको पूर्ण नियन्त्रण कब्जा गरेको थियो ।
सिन्ह्वा