परिवर्तनलाई उल्ट्याउने कसरत जारी तर चिन्तित हुनुपर्दैन : प्रधानमन्त्री

author

समाचारपाटी

१ हप्ता अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि एकथरी मानिसहरु गणतन्त्रलाई,समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गर्नुभयो । उहाँले । राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गर्नुभयो । उहाँले विस्तृत शान्ति सम्झौतामाथि आफूबिरुद्ध मुदद दर्ता हुँदा तरंग पैदा भएपनि माओवादीलाई भने एकतावद्ध हुन मद्दत पुगेको बताउनु भयो । उहाँले मुद्दा दर्ता सम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताउनु भयो । उहाँले अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि एकथरी मानिसहरु यो गणतन्त्रलाई, यो समावेशी समानुपातिक मान्यतालाई यो देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत छन् । अहिले पनि घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ । राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म इतिहास साच्ची छ हामीलाई दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरु नै हार्नेछन् । अहिले पनि कहीँ कतैबाट विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल हुँदैन । जनता नै सफल हुन्छन् । इतिहास जनताले लेख्ने । अस्तिको केही विस्तृत शान्ति सम्झौतामाथि अध्यक्ष र प्रधानमन्त्री नै केही हुन लागेको हो की भनेर देशभर ठूलो तरंग पैदा भयो । यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने थियो । विभाजित माओवादीलाई एक ठाउँमा आउ, छिटो भन्दा छिटो ऐन अघि बढाउ भन्ने बुझेँ, तत्काल मन्त्रीपरिषद् बोलाएर संसदमा दर्ता गराएँ । अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर गएन त्यसको पक्षमा नै आयो । हामी चिन्तित हुन पर्दैन तर शतर्क हुनुपर्छ ।’

प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन यही सदनमा प्रश्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताउनु भयो । उहाँले मन्त्रीपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले संघीय शिक्षा ऐन जो सरकारमा शिक्षामन्त्री हाम्रै पार्टीबाट हुँदा नै त्यसको तयारी भएको थियो । संघीय शिक्षा ऐनलाई यसै सदनमा प्रश्तुत गर्ने र छिटो भन्दा छिटो पारित गर्ने प्रक्रियामा रहेको छु । मैले भर्खरै क्याबिनेटबाट जनयुद्धका, जनआन्दोलन, मधेस आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेका छु र त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/
काठमाडौं

बिहिबार, चैत्र ९, २०७९

११.६१°

-
Clouds

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘२०८० साललाई जातीय छुवाछुत बिरुद्धको अभियान वर्ष’ घोषणा गर्न...

‘दलितमाथि हुने अपमान र विभेद अन्त्यका लागि दृढतापूर्वक अघि...

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नभएका सांसद देवकोटाको...

सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

 ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ’:-अभिनेत्री सुरक्षा पन्त

प्रभुको निर्देशनमा गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ म्यूजिक भिडियो...

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...