fbpx

शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्हरुको जोड

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । देशको अर्थतन्त्र, सम्बृद्धि तथा विकासका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्हरुले जोड दिएका छन् । पोखरामा प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेश र नेपाल शिक्षक संघ कास्कीको संयुक्त आयोजनामा आयोजित वर्तमान शिक्षा प्रणालीमा देखिएका विसङ्गति र निराकरणका उपायहरु सम्बन्धित अन्र्तक्रियामा सहभागि विज्ञहरुले सो सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै पुर्वशिक्षामन्त्री एवं नेपाली काँग्रेस एनपी साउदले शिक्षालाई रोजगारीसँग जोडेर लैजान विश्वविद्यालय पाठ्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि शिक्षा ऐन संशोधन अत्यावश्यक रहेको र यसलाई छिटो ल्याउनका लागि आफुले दबाब दिने बताउनुहुदैँ शिक्षा ऐन पारित हुने चरणमै रहेको जानकारी दिनुभयो ।

अर्का युवा नेता गोविन्द भट्टराईले शिक्षा क्षेत्रलाई डिजिटलमैत्री पाठ्यक्रमका साथै सिपसँग शिक्षाको अवधारणालाई जोड दिनु आजको आवश्यकता रहेको बताउनुभयो । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नैतिक शिक्षा कमजोर बन्दै गएको कारण समाजमा विकृति बढ्दै गएको बताउनुभयो ।

त्यसैगरी शिक्षाविद् तथा प्रा.डा कुश्माकर न्यौपानेले नेपालमा कुलपति वा उपकुलपति नियुक्तिमा हुने विकृतिको अन्त्य गर्नुपर्ने भनाई राख्नुभएको थियो । उहाँले विश्वविद्यालयमा गरिने कुलपति नियुक्तको विषयले प्राध्यापकहरुले अपमान भोग्दै आइरहेको सुनाउँदै यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

पञ्चायतकालमा जसरी विज्ञको सम्मान भएको थियो गणतन्त्र आएपछि त्यो गुुमेको बताउनुहुदै विश्वविद्यालयमा कुलपति नियुक्तिको नाममा राजनैति निवेदनको भिक्षा माग्ने प्रचलनको अन्त्य हुनुपर्ने उहाँको भनाई थियो । प्रा.डा न्यौपानेका अनुसार कुलपति नियुक्त गर्दा अनेक विज्ञ प्राध्यापकले निवेदन दिदैँ गर्दा एक जनालाई मात्र बनाउन सक्ने स्थितिमा अन्य प्राध्यापकहरुको अपमान हुँदै आइरहेको उल्लेख गर्नुभयो ।

कांग्रेसले मन्त्रालय रोज्दा शिक्षा मन्त्रालय लिन नमानेको सुनाउँदै अब शिक्षा मन्त्रालय रोजेर प्राध्यापकप्रति हुने अपमानको उच्छेदन गर्नुपर्ने उहाँको भनाई थियो । आगामी दिनहरुमा नेपालमा विज्ञहरुको कमी हुने खतरा देखिदैँ आइरहेको बताउनुहुदै देशका युवा जनशक्ति उच्च शिक्षाका लागि विदेशीने बाध्यताले नेपालमा अब सामान्य विषयमा समेत विदेशबाट विज्ञ ल्याउनुपर्ने अवस्था आउन सक्नेमा चिन्ता व्यक्त उहाँको थियो ।

शिक्षा प्रणालीमा देखिएका विकृति निराकरणका लागि कांग्रेसले नै शिक्षा मन्त्रालय रोजेर पाठ्यक्रम÷ पाठ्यपुस्तक परिवर्तन गर्दै देश पढाउने शिक्षा ल्याउन सुुझाव प्राडा न्यौपानेको थियो । उहाँले शिक्षामा आएको विकृतिले समग्र राष्ट्रलाई समस्या पारिरहेको बताउनुभयो । करिब ५३ वर्ष पुुरानो शिक्षा ऐनलाई अहिलेपनि मानिराख्नुपर्ने बाध्यता रहिआएको प्राध्यापक भोलानाथ पौडेलले बताउनुभयो । उहाँले पञ्चायति अवस्थाको ऐनलाई आजसम्म पनि परिवर्तन गर्न नसक्नुृको पछाडीको कारणबारे आफुहरु अनविज्ञ रहेको उहाँको भनाइ थियो ।

सोही अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियनबाट नवनिर्वाचित हुनुभएका अध्यक्ष रमेश पौडेल सहित अन्य सदस्यहरुलाई बधाई सँगै कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन