fbpx

विद्यालय शैक्षिक कल्याणकारी कोष को १३ औँ साधारणसभा सम्पन्न , विद्यार्थीलाई सम्मान

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको १३ औँ साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । कोषका अध्यक्ष शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र माछापुच्छ्रे मावि, भुर्जुङखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

विद्यालयको विकासका लागि विशेष योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको सचिव मनिराम कडेलले जानकारी दिनुभयाे । त्यसै गरी २०८० को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पनि जनही ३ हजार रुपियाँसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा माछापुच्छ्रे माविका सौगात रेग्मी, निष्पक्ष मावि, माछापुच्छ्रे गाउँपालिकाका पर्वत दाहाल, सिर्जना मावि, अन्नपूर्णका प्रवीण कुँवर, कालिका मावि, रूपाका आभार पौडेल, छोरेपाटन माविका सोहन कार्की र तालबाराही माविका कस्मित खनाल रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख गोविन्दराज पोखरेलले परीक्षाले विद्यार्थीको सिकाइलाई बलियो बनाउने भएकाले आवधिक परीक्षाहरू लिइनुपर्ने धारणा राख्नुभयाे । उहाँले औपचारिक रूपमा एसइई पूर्व योग्यता परीक्षा लिन नपाइने भनिए पनि माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषले सञ्चालन गर्दै आएको कक्षा १० र ११ को परीक्षा प्रशंसनीय रहेको बताउनुभयाे । प्रधानाध्यापक खटेको र आफ्ना कार्ययोजनामा विद्यालय व्यवस्थापन समितिका माध्यमबाट अघि बढेको विद्यालयको गुणस्तर राम्रो भएको बताउँदै पोखरेलले पढाइको माध्यम महत्त्वपूर्ण नभई सिकाइ महत्त्वपूर्ण भएको बताउनुभयाे । उहाँले प्रश्नपत्रहरू अङ्ग्रेजी र नेपाली दुवै माध्यममा दिनुपर्नेमा परीक्षा बोर्ड सकारात्मक भएको जानकारी दिनुभयाे ।

कोषका अध्यक्ष शम्भुराज बास्तोलाले परीक्षा लिन पाउने र नपाउने भन्ने कुरा गर्न नहुने बरु यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयाे । उहाँले कोषले कक्षा १० र ११ को परीक्षा सञ्चालन मात्र नगरी विद्यालयहरूका बिचमा भाइचाराको सम्बन्ध स्थापित गरेको दाबीसमेत गर्नुभयाे । विद्यालय, शिक्षक, विद्यार्थी र पढाइ रहेसम्म परीक्षा रहने उहाँको तर्क थियो ।

सो अवसरमा सचिव मनिराम कडेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मणिराज परियारको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णराज पौडेल, पूर्व अध्यक्ष मित्रलाल सापकोटा, नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष डिल्लीराम बराल, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, सम्मानित सोही विद्यालयका अध्यक्ष बमबहादुर गुरुङ, सम्मानित बाबुराम अधिकारी, कक्षा ११ को परीक्षा सम्पादन समितिका तर्फबाट जगन्नाथ अधिकारी, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका केन्द्रीय उपाध्यक्ष दामोदर बास्तोलालगायतले कोषले गरेका कार्यक्रमको प्रशंसा गरेका थिए ।

सचिव मनिराम कडेलद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष जनार्दन सुवेदीले स्वागत गर्नुभएकाे थियाे । कोषले कक्षा १० र कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्नुका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र विद्यार्थी सम्मान गर्दै आएको छ ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन